Sajhamanch Archive

साम्राज्ञी भर्सेस सृष्टि :‘इन्टु मिन्टु लन्डनमा’ र  ‘बाँध मायाले’

Published: in टिप्स/जानकारी by .

काठमाडौँ । शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘इन्टु मिन्टु लन्डनमा’ र ‘बाँध मायाले’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । 

प्रेमकथामा निर्माण गरिएको यी दुवै चलचित्र राम्रो बनेको निर्माण युनिटको दाबी रहँदै आएको छ ।

‘इन्टु मिन्टु लन्डनमा’ यो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र हो । यसमा उनले नव अभिनेता  धिरज मगरसँग रोमान्स गरेकी छन् । कोरियोग्राफर रेनशा बान्तवा राईको निर्देशन रहेको चलचित्र पुरै लन्डनमा छायाँकन गरिएको हो ।

रेनेशाको यो डेब्यु चलचित्र पनि हो । प्रज्वलशमशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा जनरामा निर्मित चलचित्रमा साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ ।

आईकोर फिल्मस्को व्यानरमा बनेको चलचित्रको निर्माता प्रभुशमशेर जबरा र प्रज्वलशमशेर जबरा हुन् । बिहिबार साँझ नै चलचित्रको प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा अधिकांश सहभागीले चलचित्रको विषयमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

‘बाँध मायाले’पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको यो चलचित्रको पहिलो प्रदर्शन अमेरिकामा गरिएको थियो । क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा गरिएको प्रिमियरमा चलचित्र धेरैले मन पराएका थिए ।

 

सविर श्रेष्ठको निर्देशन रहेको चलचित्रमा सृष्टिको अलवा आर्यन अधिकारी, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतको अभिनय देख्न सकिन्छ । रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्र बाबु श्रेष्ठले छायाँकन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *