Sajhamanch Archive

पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ ।

इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ ।

यस्तै निगमले अब आफैँले ढुवानीका लागि ट्याङकर किन्ने तयारी गरेको निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले बताउँनुभयो ।

‘निगमसँग ट्याङकर नहुँदा ढुवानीमा धेरै समस्या भयो, अब निगमले आँफैले ट्याङकर खरिद गर्नेछ, यो विषयलाई हामीले पहिलो प्राथमिकतामा राखेको छ’ उहाँले भन्नुभयो ।

चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेसँगै काठमाडौं उपत्यकासहित देशभरको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ ।
उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *