Sajhamanch Archive

नवोदय सहकारीद्वारा मृतकका परिवारलाई राहत प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिका ३ केर्खा स्थित श्री नवोदय वहुद्देश्यीय सहकारी सस्थाले आज एक कार्यक्रमका बीच मृतकका परिवारलाई राहत प्रदान गरेको छ ।

संस्थाले सञ्चालन गरेको मृत्यु राहात कोषमा आवद्ध सदस्य लीलामाया ढकालको मृत्यको ९ औं दिनको पुन्य तिथीको अवसर पारेर संस्थाका अध्यक्ष दिलिपकुमार चापागार्इंले मृतकका श्रीमान युवनाथ ढकाललाई नगद २० हजार रुपैया सहित समवेदना पत्र प्रदान गरेका हुन् ।

संस्थामा आवद्ध सदस्य मध्ये दश हजार भन्दा बढी शेयर रहेका सदस्य मध्ये ५५ वर्ष भन्दा कम उमेरका सदस्यले प्रत्येक वर्ष वार्षिक रुपमा ५ सय रुपैया जम्मा गर्नु पर्ने हुन्छ ।

सोही कोषबाट ज्येष्ठ सदस्यलाई तीर्थ यात्रा, ज्येष्ठ सदस्यको चौरासी पुजा, नव दुलही स्वागत जस्ता कार्यक्रममा समेत सदस्यलाई सहभागी गराईने सस्थाका उपाध्यक्ष शरण कुमार पराजुलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *