Sajhamanch Archive

वडानम्बर ६ लाई पर्यटकमैत्री वडाका रुपमा विकास गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । मेचीनगर नगरपालिका वडानम्बर— ६ लाई पर्यटकमैत्री वडाका रुपमा विकास गर्ने उद्देश्यका साथ वडाले काम थालेको छ ।

नेपाल प्रवेशको पहिलोद्वार मेचीनगर नगरपालिकाको मुख्य व्यपारीक केन्द्रविन्दु काँकरभिट्टा वडानम्बर —६ नेपाल घुम्न आउने पर्यटकहरुका लागि पहिलो गन्तव्य भएकाले यो वडालाई पर्यटकमैत्री बनाउने लक्ष्यका साथ योजना बनाएको वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । उनले यो वडालाई पर्यटकमैत्री बनाउन वडाले जे जस्ता काम गर्नुपर्ने हो कुनै पनि बाकी नराखी तत्काल गर्ने बताएका छन् ।

‘नेपाल कस्तो छ भन्ने कुरा पहिलो पटक नेपाल छिर्ने वित्तिकै पर्यटकप्रति वडावासीले देखाएको व्यवहार उ प्रतिको हार्दिकताबाट जुनसुकै पर्यटकलाई प्रष्ट थाहा हुन्छ’ वडाध्यक्ष तामाङले भने— यस कारण हरेक व्यवसायी पर्यटकमैत्री बन्नुपर्छ ।’ यहाँका यातायात, होटल, लज, ट्राभल व्यवसायीहरुलाई समेत आफ्नो व्यवसायमा आउने पर्यटकलाई राम्रो र सन्तुष्ट हुने खालको पर्यटकमैत्री व्यवसाय र व्यवहार गर्न आग्रह गरेका छन् ।

नेपाल प्रवेश गर्ने वित्तिकै शुरुमा नेपालका बारेमा उस्ले जे जस्तो बुझ्छ अन्त्यसम्म त्यस्तै हो की के हो भन्ने बुझ्ने भएकाले शुरुमै वडावासीले जुनसुकै देशका पर्यटक हुन असल मिठो र राम्रो व्यवहार गर्नु मुख्य कर्तव्य रहेको उनको भनाई छ ।

विश्वका कुना कुनाबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई एकसात मात्र काँकरभिट्टामा राख्न सकियो भने यहाँका व्यवसायीहरु थोरै भए पनि आर्थिकरुपमा मजवुत हुने भएकाले के गर्दा पर्यटकलाई आफ्नो होटल, लज ट्राभलमा आर्कषण गर्न सकिन्छ त्यसतर्फ व्यवसायी गम्भीर बन्नुपर्ने वडाध्यक्ष तामाङले बताए । पर्यटकलाई आर्कषण गर्नका निमित्त ६ नम्वर वडामा रहेका धार्मक एवम् पर्यटकीय स्थलको प्रवद्र्धन गर्न वडा कार्यालय सक्रियपुर्वक लागि परेको उनको भनाई छ ।

बाहुनडाँगी रोडमा देवकोटा पार्क सँगै रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक, क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिक श्रीजंघालगायतका राष्ट्रिय विभुतिका शालिकहरु समेत छन भनेर पर्यटकलाई सवैले जानकारी दिनुुपर्छ । जस्ले गर्दा उस्ले त्यो हेर्ने इच्छा व्यक्त गर्दछ । वडा कार्यालय परिसरमा रहेको वीपी पुष्पलाल वाटिका एक छिन भएपनि उस्ले आनन्द र विश्राम लिन सक्छ । तर, ती पर्यटकलाई त्यहाँसम्म पुर्याउने मुख्यः जिम्मेवारी चाँहि वडावासीकै हुने वडाध्यक्ष तामाङको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *