Sajhamanch Archive

विद्यार्थीको अन्तरनिहित प्रतिभाको विकास लागि अतिरिक्त क्रियाकलाप

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । प्याब्सन भद्रपुर नगर समितिले विद्यालय तहमा रहेका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा विकासका लागि अतिरिक्त कृयाकलाप सम्पन्न गरेको छ ।

नगर संयोजक डिल्ली दुलालको अध्यक्षता तथा प्याब्सन झपाका अगुवा व्यक्तित्व सुरेश राईको प्रमुख आतिथ्यमा भद्रपुर ४ स्थित इष्ट पोइन्ट अंग्रेजी मा विको प्राङ्गणमा विविध कार्यक्रम सम्पन्न गरिएको हो ।
नगर क्षेत्रमा रहेका २० वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा चित्रकला, बतृत्वकला, हाजिरी जवाफ लगायत अतिरिक्त कृयाकलापमा प्रतिष्पर्धा गरेका थिए । इष्ट पोइन्ट अंग्रेजी मा विका प्रधानअध्यापक कपिल पौडेलका अनुसार स्थानीय तहमा प्याब्सनको अधिकार प्रत्यायोजन भए पश्चात पहिलो पटक नगर समितिले आफ्ना माताहतका विद्यार्थी बीच सामुहिक अतिरिक्त कृयाकलाप सम्पन्न गरेको हो ।

यसै गरी विश्व शान्ति दिवसको अवसर पारेर विद्यालय स्काउट दलले भद्रपुर नगरमा शान्ति तथा सद्भाव र्याली सम्पन्न गरेको छ ।

जिल्ला स्काउटका आयुक्त अरूण बस्नेतको नेतृत्वमा डोल्मा स्काउट दल, विदुर स्काउट दल, वीरेन्द्र स्काउट दल, सिग्मा स्काउट दलले शान्ति र सद्भावका लागि सचेतना मुलक र्याली सम्पन्न गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *