Sajhamanch Archive

एनएमसीको निबन्ध लेखनको उपाधि बनितालाई

Published: in सहकारी by .

बुधबारे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समिति अतिरिक्त क्रियाकलाप अन्तरगत निबन्ध लेखन प्रतियागिताको उपाधि बुद्ध आदर्श माविकी बनिता पौडेलले हात पारेकी छिन् ।

शुक्रबार सामुदायिक सरोकार समितिको आयोजनामा सञ्चालित क्षेत्र नं. १ र २ स्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिताको उपाधि १८ जना प्रतियोगीलाई पछि पार्दै बनिताले जितेकी हुन् ।

प्रतियोगिता बुधबारेस्थित बुद्धआदर्श माविमा सञ्चालन भएको थियो । त्यस्तै प्रतियोगितामा ज्यामिरगढी माविका शान्तिराम ढुंगाना दोस्रो र कालिस्थान माविकी निशा कुईकेलले तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै शनिश्चरे माविका सोमनाथ चौलागाईँले सान्तवना पुरस्कार प्राप्त गरेका थिए ।

‘बचत गर्ने बानीको विकासमा सहकारीको भूमिका’ विषयमा प्रतियोगीले निबन्ध लेखेका थिए । बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

समितिका संयोजक माधवचन्द्र प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा बुद्धशान्तिका स्रोतव्यक्ति सूर्यप्रसाद सापकोटा, गोपाल प्याकुरेल, सावित्रा दाहाल भट्टराई, लक्ष्मी ढुंगेल, सम्बन्धित विद्यालयहरुका शिक्षकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव पारसचन्द्र भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *