Sajhamanch Archive

नगरपालिका कार्यालयबाटै प्रमुखले गर्छन् शिक्षकको निगारानी

Published: in मिडियाबाट साभार by .

खोटाङ । भदौ १ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए।

नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको विद्युतीय हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि नगरप्रमुख दीपनारायण रिजालले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे।

तर, विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो। प्रमुख रिजालले नामै उल्लेख गरेर तीन शिक्षक अनुपस्थित रहेको देखिएको बताएपछि भने ती शिक्षक विद्यालयमा नआएको पुष्टि भयो।

विद्यालयलयमा शिक्षकको उपस्थितिलाई नियमित गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपलिकाले अनलइनमार्फत शिक्षकको विद्युतीय हाजीरी ट्रयाकिङ सुरु गरेपछि विद्यालय आए नआएको थाहा पाउन सहज भएको  छ।
नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *