Sajhamanch Archive

करेन्ट लागेर एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

दाङ । राप्ती गाउँपालिका–४ मौरीघाटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका २७ वर्षीय सुनिल चौधरी रहेको प्रहरीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो। घाइते हुनेमा सोही ठाउँ २२ वर्षीय सदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

शुक्रवार कृष्णप्रसाद पौडेलको घरको छड ढलानको काम गरिरहेका बेला छडले विद्युतको तार छुँदा उनीहरुलाई करेन्ट लागेको हो। घाइते चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *