Sajhamanch Archive

अश्लील वेबसाइट बन्द गर्दै सरकार

Published: in मिडियाबाट साभार by .

काठमाडौं । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ ।

इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो ।

सञचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील समाग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत उल्लेख गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ मा उल्लेख गरिएअनुसारका सामाग्री आएका वेबसाइट बन्द गराइने मन्त्रालयका प्रवक्ता मुकुन्द शर्माले बतए ।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *