Sajhamanch Archive

माछा मार्न गएका वृद्ध पाँच दिनपछि मृत फेला

Published: in राष्ट्रिय समाचार by .

लहान । सप्तरीको पूर्वी भेगमा पर्ने कञ्चनरुप नगरपालिका–४ जगतपुर गाउँबाट माछा मार्न गएका एक वृद्ध पाँचाैं दिन मृत भेटिएका छन्।

भदौ ३१ गते ‘माछा मार्न जान्छु’ भन्दै घरबाट निस्किएका ६५ वर्षीय झमेली सदाको शव शुक्रबार दिउँसो स्थानीय त्रियुगा खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार परिवार र प्रहरीले खोजतलास गर्दा उनको शव भेटिएको हो।

सप्तकोसी नदीको पश्चिमी किनारमा पर्ने जगतपुर गाउँका सदाको शव गाउँदेखि टाढा पर्ने त्रियुगा खोला किनारमा भेटिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *