Sajhamanch Archive

सशस्त्र प्रहरीद्वारा वजरंगवली सप्लायर्सको कारोबार ठप्प

Published: in राष्ट्रिय समाचार, by .

भद्रपुर । भद्रपुर स्थित सशस्त्र प्रहरी बल गण हेडक्वाटर झापा २ ले अधिकार क्षेत्र बाहिर गएर बजरंगवली अडर एण्ड सप्लायर्सको व्यापारिक कारोवार दुई दिनयता ठप्प पारिदिएको छ ।

फौजदारी संहिता २०७४ को दफा १८ उपदफा २ को अधिकार दुरुपयोग गरी बलले सप्लायर्सको गोदाम खानतलासी गरी कारोवार ठप्प पारेको हो । राजश्व अनुसन्धान क्षेत्रीय कार्यालयको हवाला दिँदै बलले गोदाममा प्रवेश गरेर कानुनी दायरा नाघेर काम गरेको पाइएको छ ।

यता राजश्व अनुसन्धान विभागको क्षेत्रीय कार्यालयले सो गोदाममा कुनै खानतलासी नगरेको प्रष्ट पारेको छ । राजश्व कार्यालय मेचीले सशस्त्र प्रहरी बलको अनुरोधपछि शुक्रवार गोदाम निरीक्षण गरे पनि विल विजक ठिक पाएपछि कारोवार गर्न बाटो खुलाएको थियो तर नियम विपरितको काम गरिरहेको बलले शनिवार पनि कारोवार रोकेपछि व्यवसायी अन्यायमा परेको भन्दै गुनासो गरिरहेका छन् ।

कारोवार बारे व्यवसायी अर्जुन ठकुरी आफूले अवैध कारोवार गरेको पुष्टि गर्न बलले नसकेपछि कमजोरी लुकाउन दुःख दिइरहेको गुनासो पोख्छन् । अर्का व्यपारी सञ्जीवकुमार घोष केही व्यक्तिले सीमा सुरक्षा बल दुरुपयोग गरेर आफ्नो व्यापारमाथि धावा बोलेको बताउँछन् । उनका अनुसार राजश्व कार्यालयले बैध प्रमाणि गर्दा गर्दै बलले गोदाम रोक्ने काम कानुन विपरित हो ।

यस घटनामा भद्रपुर स्थित उद्योग वाणिज्य संघले मौनता साँधेर व्यवसायी विरोधी कार्यलाई बढवा दिइ रहेको स्थानीय व्यापारीले गुनासो पोखेका छन् । घटनापछि भद्रपुर नाकाबाट राजश्व संकलन समेत प्रभावित भएको छ । शुक्रवार भन्सार प्रवेश गरी राजश्व काट्ने व्यापारिक समूह पुग्न सकेनन् । सीमा सुरक्षा बल चोरी पैठारी रोक्न २४ सै घण्टा खटिने भद्रपुर नाकामा बलका प्रहरी कर्मचारी नजरानामा भुलिँदै गएको स्थानीयको आरोप छ । चार्डवार्डको मुखमा व्यापारिक समूह तर्साएर नजरना बढाउन बल लागेको स्थानीय व्यापारीको आरोप छ ।

यता बलका भद्रपुर प्रमुख रेशमकुमार थक्सु भने शुक्रवार राजश्व कार्यालयले सुरु गरेको अनुसन्धान पूरा नभएकोले गोदाम सुरक्षा मात्र गरेको दाबी गर्छन् । बललाई गोदाम भित्र प्रवेश गर्ने अधिकार नभएको स्वीकार गर्दै सशस्त्र प्रहरी उपरीक्षक थाक्सु सप्लायर्सको कारोवार गर्ने अधिकार बारे बोल्न चाहेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *