Sajhamanch Archive

झापामा सुपर जोनले धान उत्पादनमा बृद्धि

Published: in राष्ट्रिय समाचार, by .

भद्रपुर । खाद्यन्नमा आत्मनिर्भर बनाउन धान क्षेत्रका रूपमा घोषणा गरिएको धान सुपर जोनले सिञ्चाइ र खेती बाली लगाउने प्रविधिमा वैज्ञानिककरण गरेपछि उत्पादन बृद्धि हुने देखिएको छ ।

सुपर जोनले धान रोप्ने मेशिन, धान छर्ने मेशिन, जोत्ने हाते ट्याक्टर जस्ता नवीन उपकरण वितरण तथा सिञ्चाइको प्रबन्धमा सुधार गरेपछि कृषिमा लागत घटी व्यवसायिक उत्पादन बढ्ने देखिएको हो ।

यस वर्ष मात्र आकाशे भरमा गरिने खेती नियन्त्रण अन्र्तगत सात सय बिगाहमा सिंचाई पुर्याएको सुपरजोनले कृषकलाई सुविधा दिन थप नयाँ उपकरण प्रयोगमा अनुदान दिएपछि धान उत्पादनमा झापा आतमनिर्भर बन्दै गएको छ ।

झापा बनियानीमा कार्यालय रहेको सुपरजोनले सिंचाइको प्रबन्ध गरेको क्षेत्रमा चैते धान बालीले अझ राम्रो उत्पादन बढाएपछि व्यवसायिक कृषिमा कृषक आकषर्ण बढ्दै गएको छ । । सुपर जोनले एक हजार हेक्टरमा सिञ्चाइ परियोजना संचालन गर्ने लक्ष्य राखेकोमा ६ सय बढाएर सोह्र सय हेक्टरमा परियोजना संचालन गर्न सफल भएको छ । त्यसमध्ये यस वर्ष सात सय बिगाहमा चैते धान बाली लगाइएको सुपर जोनका अध्यक्ष नवराज भट्टराईले बताए । सुपर जोनले कचनकवल गाउँपालिका बाहेक भद्रपुर नगरमा समेत परियोजना बढाएपछि कृषि उपज बढ्न थप वातावरण निर्माण भएको हो ।

सुपर जोनमा गएको वर्ष परीक्षणका लागि जडान गरिएको एक र यस वर्ष जडान गरिएको थप १० वटा सौर्य पम्पबाट सय बिगाह बढी धान खेत सिंचित भएको छ । साना सिंचाई मोटर बोरिङबाट चार सय बिगाहमा सिंचाई भएको छ । यसैगरी कुलो, पैनी, खोलाको पानीबाट लगभग दुई सय बिगाह गरी सात सय बिगाह क्षेत्रफलमा सिंचाई सुविदा पुगेको छ । साना सिंचाइ मोटर बोरिङबाट गएको आर्थिक वर्षमा ३९ वटा पम्प गाडिएको थियो भने यस वर्ष १ सय ४० वटा पम्प गाडिएको सुपर जोन सञ्चालक समितिका अध्यक्ष भट्टराइले बताए ।

९३ वटा समुह र सहकारी मार्फत सिंचाइका लागि पम्प जडान गरिएको हो । सौर्य पम्प जडान गर्न चाहने कृषक समूह वा सहकारीले ८५ प्रतिशत अनुदान पाउने गरेका छन् । एउटा सौर्य पम्म जडान गर्न ४ लाख ५० हजार देखि ५ लाख ५० हजारसम्म खर्च हुने सुपर जोन संचालक समितिका सहसचिव कनैयालाल गणेशले बताए । सुपर जोनको स्थापनाले बनियानी क्षेत्रमा धान उत्पादनमा वृद्धि भएको छ ।

परम्परागत भन्दा आधुनिक औजार र प्रविधिको प्रयोगले उत्पादन बढेको सहसचिव गणेशले बताए । उनले भने, पहिला लागत पनि धेरै उत्पादन कम थियो, सुपर जोन आएपछि लागत घटेको छ र उत्पादन बढेको छ । फागुन चैतमा लगाइएको धान अहिले कृषकले उठाएर बिक्री गरी अर्को खेतीका रूपमा हिउँदे धान लहलह बनाएका छन् । गएको वर्ष भन्दा यस वर्ष कृषकको उत्पादन वृद्धि भएको वर्षे धानले पुष् िगरेको छ भने हिउँदे धानको उत्पादन पनि बढ्ने कृषकको विश्वास छ ।

गत वर्ष चैते धान प्रतिहेक्टर ५ मन फलेकोमा यस वर्ष ५.२ भन्दा बढी प्रतिहेक्टर उत्पादन गर्न सफल भएका छन् । सुपर जोनको स्थापनापछि सो क्षेत्रका कृषले माटो परीक्षण गर्ने र त्यस अनुसार चुन तथा रासायनिक मल, बिषादीको प्रयोग गर्न थालेपछि उत्पादन बढेको कृषि सम्बद्ध व्यक्तिहरु बताउँछन् । सुपर जोनले कृषकका लागि बिउको छनौेट र औजारको प्रयोगमा विविधता प्रदान गर्ने वातावरण बनाएपछि धान लगायत अन्न उत्पादन बढेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *