Sajhamanch Archive

सडक दुर्घटनामा परी नायव सुब्बा कोइरालाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

कमल । पूर्व पश्चिम सडक खण्ड अन्तरगत कन्काई नगरपालिका स्थित सुरुङ्गामा आइतबार भएको सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाम नगरपालिका ७ जिरो प्वइन्ट निवासी ५३ वर्षिय जगत कोईराला रहेको प्रहरीले जनाएको छ ।

ईलामको चुलाचुली गाउँपालिकामा नायव सुब्वामा कार्यरत कोईराला शुक्रवार घर गएका र आईतवार कार्यालय आउँदै गर्दा उनी चढेको मे ५ प ६६६४ नम्बरको मोटर साईकललाई पछाडीबाट आउँदै गरेको ना १ क ३७२९ नम्बर जेसिभीले बिहान ९ः३० बजे टक्कर दिएको थियो ।

घाइते भएका कोईरालाको उपचारका क्रममा विर्तामोड स्थित वि एण्ड सी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

दुर्घटनामा सम्लग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *