Sajhamanch Archive

दमकमा बहिरा संघले मिनी मेला लगाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । पूर्वाञ्चल बहिरा संघले झापाको दमकमा एक महिने मिनी मेला लगाउने भएका छन् ।

संघले असोज ८ गतेदेखि कत्र्तिक ८ गते दमक ५ स्थित सगरमाथा पेट्रोल पम्प छेउको खाली जमिनमा एक महिने रिमझिम रमाईलो मेला लगाउने आइतबार पत्रकारमन्च दमकको सभाहलमा भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

वि.सं. २०५४ सालमा दर्ता भएकोे संघले पछिल्लो समयमा बहिरा तथा शुस्त श्रवण भएका व्यक्तिहरुलाई समावेश गराई आफ्नो कार्य क्षमताका साथै आय आर्जन लगायत आत्मनिर्भरका लागी विभिन्न काम गर्दै आएको छ ।

आगामी दिनमा केही नयाँ तरीकाले समाजमा केही गरौ र जिवन स्तर उकास्न सहज हुन्छ की भन्ने उदेश्यले मेला गाउन लागेको अध्यक्ष श्रेष्ठले बताए ।

हालसम्म पूर्वाञ्चल बहिरा संघमा दमक नगरपालिका कमल गाउँपालिका र चुलाचुली गाउँपालिका बहिरा र शुस्त श्रवण भएका ८९ जना आवद्ध रहेको समेत जानकारी गराइएकोे थियो । पत्रकार सम्मेलनमा आरबि थापाले दोभासेको रुपमा सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *