Sajhamanch Archive

शिवसताक्षी वडा नं. ९ र ११ को सार्वजनिक सुनुवाई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी नगरपालिका वडा नं. ९ र ११ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

शिवसताक्षीको दूधेमा रहेको संयुक्त वडा कार्यालयमा आइतबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले अघिल्लो आ.व.मा गरेको कार्य प्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले नगर निर्धारण गरेको करका विषयमा चर्चा गरेका थिए । नगरपालिकाले प्रकाशन गरेको पुस्तकलाई नगरबासीले एक पल्ट अध्ययन गर्न उहाँको सुझाव थियो ।

उनले अघिल्लो आर्थिक वर्षमा लगाएको करको दरलाई कायम राख्दै केही जग्गाहरुको मूल्यांकन मात्र हेरफेर भएको बताए । उनले भने, कही कतै नगरबासीलाई अन्याय हुने गरी कर लगाइएको भए सुझाब दिन पनि आग्रह गरे । त्यस्तो अन्याय नै भएको ठहर भए त्यसलाई सच्याएर जान सकिने पनि उनले बताए ।

त्यस्तै उपमेयर भोजकुमारी नेपाल नगरका गतिविधी बारेमा प्रष्ट पारेकी थिइन् ।
चालु आ.वमा नगरपालिकाबाट वडा नं. ९ र ११ लाई ४०÷४० लाख विनियोजन भएको जानकारी गराईएको थियो । प्रदेश सरकारबाट र नगर स्तरीय योजनाहरुको बारेमा नगरबासीलाई जानकारी गराइएको हो ।

नगरबासीका तर्फबाट चिल्लागढ धाम विकासको बारेमा प्रश्न राखेका थिए । अधुरा र अपुरा बाटाहरुलाई यस आ.व.मा वडाले कति बजेटमा निर्माण कार्य सम्पन्न गर्ने र पाँच वर्ष भित्र कस्तो वडाको रुपमा विकास गर्ने भन्ने मोडेल र भावी योजनाका बारेमा आम नागरिकले चासो व्यक्त गरेका थिए । नगरबासीका प्रश्नलाई वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठक र वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले उत्तर दिँदै वडा बासीले हरेक योजनाको नगरको मापदण्ड भित्र रहेर योजना ल्याउन पनि सुझाएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका कार्यकारी अधिकृत विष्णु बहादुर अधिकारी, जिल्ला समन्वय समिति सदस्य जुनु मोहोरा कार्यपालिका सदस्य गीता खरेल र वडा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सरोज भट्टराई र नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *