Sajhamanch Archive

सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक 

Published: in शिक्षा by .

पुस्तक लोकार्पण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूले न्यायपालिकामा रहेर जनताको सेवा गर्न पाएकोमा खुशि मान्दै आम जनताप्रति आभार व्यक्त गरिन् । कार्कीले न्यायपालिका पूर्णतः  स्वतन्त्र हुनुपर्नेमा जोड दिइन । उनले आफूले आफ्ना भावना सबै पुस्तकमा उतारेको बताईन् ।

कार्यक्रमका अर्का वक्ता प्रा. केदारभक्त माथेमाले नैतिकवानहरुको खडेरी परेको आजको समयमा पुस्तक आएको र यसले युवा वर्गलाई नैतिकतातर्फ उन्मुख हुन प्रेरित गर्ने बताए ।

अर्का वक्ता दुर्गा सुवेदीले पुस्तकमा सुशीला कार्कीको कर्मको कथा लेखिएको बताए । कार्यक्रमका अर्का वक्ता प्राडा गोविन्द केसीले सुशीला कार्कीले आफूहरुले उठाएको आवाजलाई सडकमै आएर समर्थन गरेको सम्झना गर्दै सरल भाषामा लेखिएको पुस्तकले विकृति विसंगतिमाथि प्रहार गरेको उल्लेख गरे ।

सार्वजनिक गरिएको पुस्तक ‘न्याय’ माथि सुरेन्द्र भण्डारीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *