Sajhamanch Archive

एसिड आक्रमणबाट घाइते सम्झनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ । एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको आइतबार राति ११ः४० बजे मृत्यु भएको हो ।

एसिड आक्रमणमा घाइते सम्झनाकी बहिनी सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सम्झनाको मृत्युपछि बाबु जादुलाल दासले मर्माहत भएका छन् । उनले भने, ‘एसिड छर्किएर मेरी छोरीको हत्या गर्ने अपराधीलाई फाँसिको सजाय हुनुपर्छ ।’

‘एसिडको पीडा कस्तो हुन्छ, अपराधीलाई पनि छर्किएर तड्पाइ तड्पाइ मार्नुपर्छ’, उनले भने, ‘त्यति पनि नभएर अर्काको छोरीचेलीमाथि गिद्धे आँखा लगाउनेको आँखा फुटाइदिनुपर्छ । ’

अर्की छोरी सुस्मिताको अवस्था पनि गम्भिर रहेको र बाँच्छिन् वा मर्छिन् केही थाहा नभएको उनले बताए । एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका रामबाबु पासवान पक्राउ परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *