एसिड र चक्कु प्रहारबाट युवती घाइते
Published: (Updated: )
by .
नवलपरासी । नवलपुरको कावासोती – १६ मा युवती माथि एसिड र चक्कु प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यलय नवलपुरका डिएसपी लिलाराज लामिछानेले सोमवार राति ८ बजेको समयमा कावासोती १६ वस्ने वर्ष ३० की बसन्ती परियारलाई स्थानिय ३७ वर्षीय बिमल श्रीपालीले बाटोमा हिड्दै गर्दा एसिड र चक्कु प्रहार गरि घाइते बनाएको जानकारी दिए।
युवतिसँग बिहेको कुरा चल्दै गर्दा बिहे गर्न नमाने पछि एसिड र चक्कु प्रहार गरिएको जनाइएको छ। घाइते परियारलाई स्थानियको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको हो। एसिड र चक्कु प्रहार गर्ने बिमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको जनाइएको छ।
Comments