Sajhamanch Archive

न्याम्सको उपकुलपति नियुक्ति प्रक्रिया खारेज गर्न माग

Published: in स्वास्थ्य by .

काठमाडौं ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्तिका लागि अपनाइएको प्रक्रिया नै गलत भएको भन्दै चर्को विरोध भएपछि तत्काललाई उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ ।

स्वाथ्य मन्त्रालय र न्याम्सअन्तर्गतका प्राध्यापक डाक्टर, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीनलगायतले प्रक्रियाको नै विरोध गरेपछि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्ति गर्ने तयारी गरे पनि निर्णय गर्न नसकेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उपकुलपति नियुक्ति प्रक्रियामा सुरुबाटै विवाद भएपछि प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा तत्काल यसबारे कुनै निर्णय नगर्ने बताएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले न्याम्सको उपकुलपति रिक्त भएपछि गत साउन २७ गते उपकुलपतिमा इच्छुक उम्मेदवारहरूलाई दरखास्त आह्वान गर्न सूचना जारी गरेको थियो । जसमा निवेदकले आफ्नो योग्यता र प्रतिष्ठान सञ्चालनका लागि व्यावसायिक योजना पेश गर्न भनिएको थियो ।

तर उक्त सूचना प्रकाशित गरेको दुई दिनपछि पुनः साउन २९ गते अर्को सूचना जारी गरियो ।

दोस्रो सूचनामा पहिलेका विधि विधान, योग्यता क्षमतामा अरू थप गरेर सेटिङमा कुलपति नियुक्ति गर्ने मनसायले थप खुकुला प्रावधानहरू राखिएन मात्रै स्वास्थ्यमन्त्रालयअन्तर्गत रहेको न्याम्समा जुनसुकै क्षेत्रको व्यक्तिसमेत उपकुलपति बन्न सक्ने गरी सूचना जारी भयो ।

त्यसपछि स्वास्थ्यमन्त्रालय र न्याम्सअन्तर्गतका डाक्टरहरूले आपत्ति नै जनाए । उनीहरूले सवस्थ्यमन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री केपी ओलीलाई उक्त प्रावधान नै गलत भएको भन्दै पुनः नयाँ प्रक्रियाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाए । तर स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरोकारवालाको आवाज नै नसुनी उपकुलपति नियुक्तिको प्रक्रियालाई जारी राखे ।

जसमा २२ जनाले उम्मेदवारी दर्ता गराए । तीमध्ये उपकुलपति छनोट समितिले ३ जनाको सर्ट लिस्ट सार्वजनिक गर्यो । त्यसमा एक नम्बरमा थिए– शिक्षण अस्पतालका डा. डीएन साह, दोस्रोमा न्याम्सकै डा. ढुण्डीराज पौडेल र तेस्रो नम्बरमा अजित रायमाझी । तीमध्ये साहलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जोडबलमा एक नम्बरमा राखिएपछि न्याम्समा कार्यरत डाक्टरहरू तथा सरकारी चिकित्सक सङ्घले थप असन्तुष्टि जनाउँदै स्वास्थ्यमन्त्री र प्रधानमन्त्री केपी ओलीलाई पुरानो प्रक्रिया नै रद्द गर्न माग गर्दै दबाब दिएका थिए ।

उपकुलपतिका लागि समितिले एक नम्बरमा सिफारिस गरेका साह स्वास्थ्य मन्त्रालयअन्र्तगत नभई शिक्षा मन्त्रालयअन्तर्गतको त्रिवि शिक्षण अस्पताल आँखा विभागका डाक्टर हुन् । यसरी स्वास्थ्य निर्देशिका विपरीत न्याम्समा साहलाई उपकुलपति नियुक्त गरिए न्याम्सको आन्तरिक ऐन र नियामावलीको समेत विपक्षमा हुने भन्दै विरोध भएको छ । त्यति मात्रै होइन, छनोटको मापदण्ड नै गलत भएको असन्तुष्टपक्षको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *