Sajhamanch Archive

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन अाज बुझाइदै

Published: (Updated: ) in विविधा by .

 काठमाडौँ  । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने भएको छ ।

गृह मन्त्रालयले सहसचिवहरिप्रसाद मैनालीको संयोजकत्वमा भदाै ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो।

गृहमन्त्री रामबहादुर थापा समक्ष प्रतिवेदन बुझाउन समितिका सदस्यहरु अहिले गृह मन्त्रालय पुगेका छन्। प्रतिवेदनमा धेरैजसो नयाँ कुराहरु अाएको र मंगलबार नै गृहमन्त्रीलाई बुझाइने छानबिन समितिका सदस्य विरेन्द्र केसीले बताए।

समितिलाई ताेकिएकाे १५ दिनकाे म्यादसम्मजाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *