Sajhamanch Archive

भीमसेन मन्दिरद्वारा दाताहरुलाई सम्मान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । भीमसेन जात्राको अवसर पारेर भीमसेन मन्दिर निर्माण समिति बिर्तामोड ९ लख्खीबारीले दाताहरुलाई सम्मान गरेको छ ।

आइतवार साँझ सन्ध्याकालिन कार्यक्रमको आयोजना गरी मन्दिर समितिले मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बिर्तामोड ९ का मदन श्रेष्ठ र उहाँकी धर्मपत्नी मुक्ति श्रेष्ठ, सोही वडाका प्रकाश बुढाथोकी र उहाँकी धर्मपत्नी बिन्दा बुढाथोकीलाई सम्मान गरिएको छ ।

यस्तै बिर्तामोड ३ का स्वर्गीय लक्ष्मण खड्कालाई मरणोपरान्त र उहाँकी धर्मपत्नी अञ्जु खड्का पनि सम्माति भएको छन् । त्यस्तै सम्मानित हुनेहरुमा अर्जुनधारा ७ निवासी उद्धब थापा र उहाँकी धर्मपत्नी भगवती थापा रहेका छन् । श्रेष्ठ परिवारले मन्दिरलाई एक कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए भने प्रदेशसभा निर्बाचनमा उम्मेद्वार बनेका लक्ष्मण खड्काले आफू जीवित रहँदै सो मन्दिरलाई जिन्सी तथा नगद सहयोग गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति उद्धब थापा र राप्रपाका बिर्तामोड नगर उपाध्यक्ष प्रकाश बुढाथोकीले पनि मन्दिर निर्माण गर्न जिन्सी तथा नगद सहयोग प्रदान गरेका थिए ।उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेवाः देय दबुः बिर्तामोडका अध्यक्ष इन्द्र श्रेष्ठले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका हुन् ।

मन्दिर समितिका अध्यक्ष टीकाराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित ब्यक्तित्व बुढाथोकी, नेवाः देय दबुः बिर्तामोडका उपाध्यक्ष तिलरुपा श्रेष्ठ, नगर सचिव ओमप्रकाश श्रेष्ठ,राधाकृष्ण मन्दिर समितिका अध्यक्ष प्रकाश चुडाल,गरमकाली कीर्तन मण्डलीका अध्यक्ष प्रजापति चुडाल , लेखान छोइलिङ गुम्बाका अध्यक्ष चन्द्रमणि तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । मन्दिर समितिका सहसचिव डम्बर श्रेष्ठले स्वागत गरेका कार्यक्रमको संचालन सचिव यज्ञराज श्रेष्ठको रहेको थियो ।

त्यस अबसरमा गरमकाली कीर्तन मण्डली र पंचकन्या कीर्तन मण्डलीले भजनकीर्तन प्रस्तुत गरेका थिए । कार्यक्रममा लाखे जात्रामा सहभागी कलाकारहरुलाई पुरस्कार बितरण समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *