Sajhamanch Archive

देवभूमिमा क्लव गठन संगै स्वास्थ्य परिक्षण

Published: (Updated: ) in समाज by .

अर्जुनधारा । झापा अर्जुनधारा ५ मा रहेको देवभूमि विद्यापिठ बोडिङ स्कूलमा १५ सदस्य समिति तथा ५ जना सल्लाहाकार रहने गरी नयाँ बालक्लब पुन:गठन गरीएको छ ।

विद्यालयका शिक्षक तथा बालक्लब संयोजक सरोज पौडेल,बालक्लब संरक्षक शिक्षक मिलन ढुङ्गेल,विद्यालयका प्र अ,राकेश कट्टेल संञ्चारकर्मी ज्ञानु घिमिरे लगायतले बालक्लब गठन गरेका हुन् ।


कमिटिको अध्यक्षमा जेनिसा राजवंशी, उपअध्यक्ष मनिस ढकाल, सचिव अरिता सहनी, सहसचिव सुदर्शन आचार्य, कोषअध्यक्ष अंकित कार्की को नेतृत्व रहेने गरी बालक्लब गठन गरीएको तथा नव गठित बालक्लबलाई निवर्तमान अध्यक्ष प्रज्ञा अधिकारीले वैठक पुस्तिका हस्तान्तरण गर्दै रचनात्मक कार्य गर्ने संधैव आग्रह गरिन् ।

बालक्लब गठन संगै बालबालिकाको रगत र युरीन परिक्षण समेत विद्यालयलको आयोजना तथा मेची किनार स्वास्थ्य सचेतना केन्द्रको प्रविधिक सहयोग  रहेको  थियो ।

 

सो परिक्षणमा २०० जना विद्यार्थीहरुमध्ये १ जनाको ए नेगेटिभ,१जना विद्यार्थीको बि नेगेटिभ रगत भेटिएको विद्यालयका प्र अ कट्टेलले बताएका छन् ।

अब प्रतेक विद्यार्थीको परिचय पत्रमा सोको विवरण राखिने पनि प्र अ कट्टेलले को भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *