Sajhamanch Archive

उर्लाबारीबाट पक्राउ परेका १९ जना जुवाडेलाई मुद्धा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

उर्लाबारी । सोमबार उर्लाबारीबाट पक्राउ परेका १९ जना जुवाडेलाई मंगलबार म्याद थप गरी मुद्दा चलाइएको छ । उर्लाबारी–६ स्थित जनपथ मार्गबाट दिउँसो ४ः३० बजे १५ जना र उर्लाबारी–४ आइतबारेबाट ५ः३० बजे ४ जना गरी १९ जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले रंगेहात पक्राउ गरेको थियो ।

जुवाडेलाई छुटाउन चर्को दबाब आएको बुझिएको छ । प्रहरी निरीक्षक रामप्रससाद तिमल्सिनाले भने, कसैको दबाबले केहि फरक पर्दैन सबै काम कानून बमोजिम नै हुन्छ । पक्राउ पर्नेमा उर्लाबारी–५ का दीर्घायू फागो उर्लाबारी वडा नं. ६ का युवराज पौडेल, गोपालकुमार गुरुङ , भूपाल विश्वकर्मा, रामकुमार कुँवर, रोशनप्रसाद यादव, बेदनाथ भूजेल, यादव उप्रेती, ५ नं. वडाका दलबहादुर बस्नेत, प्रकाश गिरी, मणिकुमार श्रेष्ठ, पुण्यप्रसाद अधिकारी, चन्द्र लामा र वडा नं. १ का टेकबहादुर धिमाल छन् ।

उनीहरुलाई उर्लाबारी–६ स्थित कुमार उप्रेतीको घरबाट पक्राउ गरिएको इप्रका उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए । कुमार उपे्रतीले पेशेवर रुपमै जुवाखाल चलाउदै आएको स्थानीयको भनाई छ । उनले प्रहरीलाई नजाराना दिएर निर्वाध खाल सञ्चालन गर्दै आएको स्रोतको भनाई छ ।

यस्तै, आइतबारेबाट पक्राउ पर्नेहरुमा घरधनी ध्र्रुवा राईसहित उर्लाबारी ४ आईतबारेका विन्दु लिम्बू, टेकबहादुर कार्की र सञ्जय आचार्य छन् । उप्रेतीको घरमा भएको जुवा खालबाट ६० हजार २ सय ५० नगद र राईको जुवा खालबाट करिब ९ हजार रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताए । जुवाडे आरोपी सबैलाई बस रिजर्भ नै गरेर प्रहरीले मंगलबार म्याद थप गर्न बिराटनगर लगेको थियो । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई अपराध संहिताअनुसार मुद्धा चलाइएको छ । नयाँ संहिताअनुसार जुवा खेल्ने ÷ खेलाउनेलाई जनही ५० हजार जरिवाना र तीन महिना कैद हुने ब्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *