Sajhamanch Archive

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

Published: (Updated: ) in विविधा by .

 हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो ।

उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ ।

तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *