Sajhamanch Archive

श्रीमतीको उपचारकालागि प्रचण्ड आज सिंगापुर जाँदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् ।

पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड झण्डै १५ दिन सिंगापुर बसेका थिए ।

सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो ।

छोरा प्रकाशको असामयिक निधनपछि सीतामा स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ ।

अहिले पनि सोही अस्पतालमा फलोअपका लागि जान लागेका हुन् ।

उपचारका लागि अध्यक्ष प्रचण्डका साथमा छोरी गंगा दाहाल र भतिज समिर दाहाल रहने छन् ।

नेपालमा उपचार सम्भव नभएपछि सीतालाइ भारतमा लगिएको थियो ।

भारतमा उपचार गरेर फर्किएपछि पनि रोग निको नभएपछि उनलाइ थप उपचारका लागि सिंगापुर लगिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *