Sajhamanch Archive

सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएका छन् ।

त्रिविले भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरणः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताए ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले अब कक्षाकोठाको सुधार गर्दै व्यवस्थित बनाएर सेमेष्टरलाई अघि बढाइने बताउँदै क्याम्पस एवं विभागबाटै परीक्षाको अन्तिम नतिजा दिनसक्ने व्यवस्था निर्माणका लागि परेको जानकारी दिए ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीका अनुसार सेमेष्टर प्रणालीले शिक्षक र विद्यार्थीबीच प्राज्ञिक सम्बन्ध स्थापित गर्ने र विद्यार्थीभित्रका विभिन्न सम्भावनालाई बाहिर उजागर गर्न मद्दत गर्नेछ ।

त्रिवि उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्रा डा शंकरप्रसाद भण्डारीले सेमेष्टर प्रणालीलाई व्यवस्थित एवं उपयोगी बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा व्यवस्थापन संकायका डीन प्रा डा डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा डा शिवलाल भुसाल, कानून संकायका डीन प्रा डा ताराप्रसाद सापकोटा एवं शिक्षाशास्त्र संकायका डीन प्रा डा कृष्णप्रसाद गौतमले सेमेष्टर प्रणालीलाई सबै तहमा अनिवार्य बनाउनुपर्छ भन्दै डीन कार्यालयलाई थप सशक्त बनाउन पदाधिकारीसमक्ष आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *