Sajhamanch Archive

असोज १७ गतेदेखि डीभी खुल्ने : कसरी भर्ने डीभी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी चिट्ठा असोज १७ गतेबाट खुल्ला गर्ने जनाएको छ ।

दूतावासको जानकारी अनुसार डीभी  चिट्ठा सन् २०१८ अक्टोबर ३ अर्थात नेपाली समयअनुसार असोज १७ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०२० का लागि खुल्ला गरिएको डीभी चिट्ठा कात्तिक २० गतेसम्म भर्न सकिने छ ।

डीभी भर्नका लागि www.dvlottery.state.gov  मा लग इन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ ।  तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *