Sajhamanch Archive

अब ५० वर्षसम्म कम्युनिष्ट सरकारः मन्त्री घिमिरे

Published: (Updated: ) in राजनीति by .

पाँचथर । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले अब ५० औं वर्षसम्म कम्युनिष्ट बाहेक अरु कसैले अन्य पार्टी आउन नसक्ने बताएका छन् ।

स्वास्थ्य क्षेत्रको अवलोकनमा पाँचथरमा आउनु भएको घिमिरेले पार्टी कार्यकर्ताहरुसँग भेटघाटमा त्यस्तो बताएका हुन् । उहाँले कांग्रेसले प्रदेश सरकार र संघीय सरकारमा पनि कम्युनिष्ट मात्र देखेकोले उसलाई छटपटाहट भएको दावी गरे ।

उनले कांग्रेस अव तँ छैनस कि म छैन भन्ने स्थितिमा पुगेको भन्दै सरकारका विरुद्धमा सड्यन्त्र रच्न थालेको बताए । कांग्रेस सदाका लागि सकिएकोले कम्युनिष्ट पार्टी एक भएर लाग्नु पर्ने समेत उनको बुझाइ छ । उनले नेपाली कम्युनिष्टहरुको जनमतलार्ई संगठित रुपले अगाडि बढाउन सके ५० वर्ष सम्म कम्युनिष्टकै सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरे । उनले नेपाली कांग्रेस छटपटिएर सरकारको काम कार्वाहि बारे सय दिनसम्म पर्खिनु पर्ने तर, कांग्रेसले सय दिन समेत नपर्खीएर सरकारका विरुद्ध कृयाकलाप गरेको उहाँको भनाई छ ।

अहिले नेकपा एकिकरणको प्रकृयामा भएको बेला कांग्रेसको लागि मैदान खाली भएको घिमिरेको भनाई छ । कांग्रेसले गोविन्द केसी लगायतका मागहरुबोकेर हिडिरहेको बताए । मैदान खाली हुदाँ समेत कांग्रेसले कुनै त्रुटी नभेटाएकोले सरकार विरुद्ध कडा रुपमा लागिरहेको छ ।

कांग्रेसलाई अहिले प्रतिबाद समेत गर्ने स्थिति नभएकोले यो स्थिति धेरै नलम्बिने उहाँको भनाई छ । पार्टी पार्टी तलदेखि माथी सम्म केहि समयमा तन्दुरस्त हुने र कम्युनिष्ट कार्यकर्ता बाहिर निस्किएपछि कांग्रेस आफै टुङ्गो लाग्ने छ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *