Sajhamanch Archive

नवोदय वहुदेश्यीय सहकारी र उद्यमशिल महिलाहरु बीच अन्तरक्रिया

Published: (Updated: ) in सहकारी by .

कमल । कमल गाउँपालिका ३ स्थित श्री नवोदय वहुदेश्यीय सहकारी संस्थाले बुधबार उद्यमशिल महिलाहरु बीच अन्तरक्रिया  गरेको छ ।

गाउँमा विभिन्न उद्यम सन्चालन गरेर बसेका महिलाहरुलाई उनिहरुको क्षमता वृद्धि गर्दै थप व्यवसायिक बनाउने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरेको संस्थाका अध्यक्ष दिलिप कुमार चापागाईले जानकारी दिए ।

महिलाहरु अहिले एकल रुपमा ढाकाका सारी, चौवन्दी, टोपी, कुर्था, सल, स्टकोट लगायतका सामाग्री उत्पादन गरी विक्री वितरण गरी रहेकोले उनिहरुको व्यवसाय प्रबद्र्धनका लागी सहकारीले सहयोग गर्ने संस्थाका व्यवस्थापक फणिन्द्र बहादुर कार्कीले बताए ।

अन्तरक्रिया कार्यक्रममा २५ जना भन्दा बढी व्यवसायिक महिलाको सहभागीता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *