Sajhamanch Archive

लिटल स्टारमा बाल क्लब गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बद्धशान्ति । झापा बुद्धशान्ति स्थित जयपुरमा रहेको लिटल स्टार इङलिस स्कूलमा २१ सदस्य समिति बाल क्लब गठन गरिएको छ ।

३ सदस्य सल्लाहाकार रहने गरी नयाँ बालक्लब गठन गरिएकोे हो । विद्यालयका शिक्षक तथा बालक्लब संयोजक गोबिन्द भण्डारी, बिद्यालयका संस्थापक गंगाप्रसाद निरौला, विद्यालयका प्र.अ. असरोज घिमिरे, संञ्चारकर्मी तथा शिक्षक सरोज पौडेल, मदन संग्रौला लगायतले बाल क्लब गठन गरेका हुन् ।

कमिटिको अध्यक्षमा कुशुम पौडेल, उपाध्यक्ष बिष्णु खनाल, सचिव बिपिन निरौला, सहसचिव अस्मिता थापा, कोषअध्यक्ष पौरन महतको नेतृत्व रहेने गरी बाल क्लब गठन गरिएको हो । यस्तै सदस्यहरुमा सोनिज श्रेष्ठ, कृपा खतिवडा, बिनिशा कुइकेल, एन्जली निरौला, सोनीका चौलागाई, कौशिका पराजुली लगायत रहेका छन । यस्तै क्लबको सल्लाकारमा बिद्यालयका संस्थापक गंगा प्रसाद निरौला, विद्यालयका प्र.अ. सरोज घिमिरे, सञ्चारकर्मी तथा शिक्षक सरोज पौडेल रहेका छन् ।

नव गठित बालक्लबलाई संस्थापक निरौलाले ५ हजार नगद र बैठक पुस्तिका हस्तान्तरण गर्दै रचनात्मक कार्य गर्ने संधैव आग्रह गरेका छन् । बिद्यालयमा नियमित रुपमा उदघोषण तथा नृत्य संगीत लगायतकाअतिरिक्त क्रियाकलाप संचालन हुदै आएका छन । रचनात्मक र सिर्जनात्मक बनाउन बाल क्लब गठन गरे संगै महत्वर्पुण भुमिका हुने प्रिन्सीपल घिमिरेल बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *