Sajhamanch Archive

दशैंको मुखमा १३ कर्मचारीले दिए राजीनामा

Published: in मिडियाबाट साभार by .

२०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् ।

आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ ।

सचिवालयले कर्मचारीलार्य गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो ।

उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५, ७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो । कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

तर, उनीहरुले स्वैच्छिक राजीनामा दिँदा आउने सुविधासमेत रोकिएला भनेर राजीनामाको खास कारण बताउन नसकेको बताइएको छ ।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *