Sajhamanch Archive

राजधानी विवादका कारण धनगढी बन्द

Published: in राष्ट्रिय समाचार by .

धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्न विशेष सुझाब समितिको प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार धनगढीमा आमहडताल गरेको छ।

हडतालका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बिहानैदेखि ठप्प छन्। बजार, उद्योगधन्दा, विद्यालय सबै बन्द छन्। भारतबाट आएका यात्रुहरु धनगढीमा अलपत्र परेका छन्।

विशेष सुझाब समितिले प्रदेश सातको स्थायी राजधानी कैलालीको गोदावरी क्षेत्र र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको थियो। प्रदेशको अस्थायी राजधानी रहेको धनगढीलाई नै स्थायी राजधानी घोषणा गर्नुपर्ने भन्दै काग्रेसले संशोधन प्रस्ताव नै दर्ता गराएको छ। शुक्रबार प्रदेशसभा बैठकमा नाम र स्थायी राजधानी पारितका लागि प्रस्ताव पेस हुने कार्यसूचि रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *