Sajhamanch Archive

यतिसम्म निर्दयी पति, जसले प्यारालाइसिस भएकी श्रीमतीलाई ढुंगाले थिचेर मारे !

Published: in राष्ट्रिय समाचार by .

पोखरा । कास्कीको पोखरा महानगरपालिका–३२ मा एक व्यक्तिले आफ्नै बिरामी पत्नीको निर्ममतापूर्वक हत्या गरेका छन् ।

स्थानीय खुदी खोलानजिक सुकुम्बासी बस्तीका ५२ वर्षीय ऐनबहादर गुरुङले प्यारालाइसिस भएकी आफ्नै पत्नीको ढुंगाले थिचेर निर्मतापूर्वक हत्या गरेका हुन् ।

पत्नी हत्या आरोपमा प्रहरीले गुरुङलाई पक्राउसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार मृतक महिलाको ढुंगाले अनुहार र टाउकोमा धेरैपटक हानेको देखिएको छ । महिलाको हत्या घरभित्र भएको र घिसार्दै लगेर फालेको अनुसन्धानबाट खुलेको छ ।

स्थानीयले बताएअनुसार ऐनबहादुर पियक्कड थिए । आज बिहान उनले गाउँलेलाई आफ्नै ‘पत्नी मारेर फालेको छु’ भन्दै भागेका थिए । पछि स्थानीयले प्रहरी बोलाएर घटनास्थल पुग्दा महिलाको शरीर क्षतविक्षत अवस्थामा भेटियो ।

घटनापछि भागेका ऐनबहादुरलाई प्रहरीले खुदी खोला डिलबाट समातेको पनि प्रहरीले बताएको छ । अहिलेसम्म उनले आफ्नी पत्नीको हत्या किन गरे भन्ने खुल्न सकेको छैन । स्थानीयका अनुसार उनकी पत्नी श्रीमाया विगत ३ वर्षदेखि प्यारालाइसिस रोगबाट पीडित थिइन् ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *