Sajhamanch Archive

शरीरमा चाहिने भिटामिनको लागि यी चिज खानुहोस,

Published: in रोचक कुरा / टिप्स by .

भिटामिन हाम्रो शरीरको लागी एउटा निकै महत्वपूर्ण पोषक तत्व हो । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बधाउन निकै ठुलो भूमिका खेल्छ । यदि हाम्रो शरीरमा भिटामिनको कमी भयो भने हामीलाई विभिन्न रोगहरुले सजिलैसँग संक्रमण गर्न सक्छन् । भिटामिन धेरै प्रकारका हुने गर्छन् र हाम्रो शरीरको लागी सबै खालका भितामिन्हारू निकै जरुरी छन् । शरीरमा भिटामिनको कमी हुन नदिनको लागी हामीले कस्ता खालका भिटामिन कस्ता खानेकुराहरुमा पाइन्छ भन्ने कुरा जान्नुपर्छ ।

भिटामिनको कमी हुन नदिनको लागी निम्न कुराहरुमा ध्यान दिनुहोस :

भिटामिन ‘ए’ : भिटामिन ‘ए ‘ ले हाम्रो आँखाको दृस्टी तेजिलो बनाउन निकै ठुलो भूमिका खेल्छ । यसले अनुहारलाई चम्किलो र स्वास्थ्य राख्न मद्धत गर्छ ।
दुध, दही, बटर, पनीर, गाजर, टमाटर, अण्डा, हरियो सागसब्जी तथा पहेलो फलफुलबाट भिटामिन ए पाउन सकिन्छ ।

भिटामिन ‘बी’: शरीरको कुनै पनि भाग काटेको छ भने त्यस भागलाई निको पार्न भिटामिन ‘बी’ ले मद्धत गर्छ । यसले अनुहारमा आउने डण्डीफोर हटाउन पनि मद्धत गर्छ । यसले हाम्रो कपाललाइ चम्किलो र बलियो बनाउँछ ।
शरीरमा भिटामिन बी को कमी हुन नदिनको लागी पत्तेदार हरियो साजसब्जी, गहुँ, जौ, दूध, दही, अण्डा, केरा, चामल, नापिाती, प्याज, लसुन जस्ता खानेकुराहरुमा ध्यान दिनुपर्छ ।

भिटामिन ‘सी’ : शरीरमा भिटामिन सीको कमी भएमा रुघाखोकीको सम्भावना बढ्छ । यसको कमीकै कारण अनुहार असामान्य रुपले चाउरी पर्नुका साथै कपाल झर्ने गर्छ । भिटामिन ‘सि’ले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।

भिटामिन सी सामान्यतथा कागती, सुन्तला, मौसम, अमला लगायतका अमिलो फलफूलबाट पाउन सकिन्छ । यसबाहेक, अम्बा, स्याउ, मेवा, भुइकटरमा पनि यसको भरपुर मात्रा हुन्छ ।

भिटामिन ‘डी’ : सामान्यतया शरीरले भिटामिन ‘डी’ घामको किरणबाट प्राप्त गर्दछ । तर, लामो समयसम्म घाममा बस्नु छालाको लागि राम्रो मानिदैन । शरीरमा भिटामिन डीको कमी भएमा हड्डी कमजोर हुने तथा अनिद्राको समस्या बढ्ने गर्छ । दूध, दही, पनीर, अण्डाद्धारा शरीरमा भिटामिन ‘डी’को पूर्ति गर्न सकिन्छ । त्यतिगर्दा पनि शरीरमा भिटामिन डीको कमी भएमा चिकित्सकको सल्लाहमा भिटामिन डीउक्त चक्की खानुपर्छ ।

भिटामिन ‘ई’ : भिटामिन ‘इ ‘ ले हाम्रो छालालाई सुरक्षा दिने काम गर्छ । यसको कमी भएमा हाम्रो छालामा विभिन्न खालका दागहरु आउने गर्छन् र चाउरी पनि पर्न थाल्छन् ।
भेजिटबल आयल, बदाम, चोक्करयुक्त आटा, काजु, नरिवल पानी, दूध, दहीबाट विटामिन ‘ई’ पुर्ति गर्न सकिन्छ ।

भिटामिन ‘के’ : भिटामिन ‘के’ले शरीरमा बग्ने रगतलाइ जम्न मद्दत गर्छ । भिटामिन ‘के’को कमी भएका मानिसको शरीरबाट रगत बगेको खण्डमा त्यसलाई रोक्न समस्या उत्पन्न हुने गर्छ । यो भिटामिनले हड्डी बलियो बनाउनुका साथै हृदयघातसमेत कम गर्छ ।
विशेषगरी हरियो सागसब्जी, बन्दा, रंगीविरंगी तरकारी, सोयावीन तथा जैतुनको तेलमा भिटामिन ‘के’ पाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *