Sajhamanch Archive

४२ प्रतिशत महिलाकोे मात्र सुरक्षित गर्भपतन ५८ प्रतिशत लुकिछिपी

Published: (Updated: ) in समाज, by .

बिर्तामोड । प्रदेश नं १ स्तरीय सुरक्षित गर्भपतन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम विहीबार इटहरीमा सम्पन्न भएको छ ।

युवा विकाश संस्था प्रदेश नं १ को आयोजनामा गरिएको कार्यक्रममा झापा, मोरङ, सुनसरी र धरानका पत्रकारहरुको उपस्थित रहेको थियो ।

वर्तमान समयमा समाजको ठूलो समस्याको रुपमा रहेको असुरक्षित गर्भपतन घटनाले महिलाहरुको शारीरिक अवस्था थप कमजोर बन्न गएको पाइएकोले आफुहरुले यस्ता खालका कार्यक्रम गरेको संस्थाकी संयोजक तारा चाम्लिङ बताउँछिन ।

सुरक्षित गर्भपतन गर्न महिलाको कानुनी अधिकार रहेको भन्दै गर्भपतन गराउँदा तालिम प्राप्त स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी तथा सरकारले स्वीकृत गरेको स्वास्थ्य संस्थाबाट मात्र गर्भपत गर्न भिजिपल इन फ्रन्टकी स्वास्थ्य संयोजक मेधा शर्माले सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

मुलुकी ऐनको ११ संशोधनको ज्यान सम्बन्धी महल २८ को ख मा १२ हप्ता सम्मको गर्भ नेपाल सरकारको स्वीकृत रहेको स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँन पाइने रहेको छ भने हाड नाता र करणी भएको भए १८ हप्तासम्मको गर्भ सुरक्षित तरिकाले गर्वपतन गराउँन पाउने सुविधा रहे पनि ग्रामिण क्षेत्रका जन मानसमा यसबारे जानकारी नरहेको कारण समस्या भएको बताइएको छ ।

हालसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा भएको गर्भपतनमा ४२ प्रतिशतले मात्र सरकारले दिएको कानूनी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट गराउँने गरेको बाँकी ५८ प्रतिशतले लुकिछिपी तथा असुरक्षित तरिकाले गराउँने गरेको पाइएको छ ।
विषेश गरेर ग्रामिण क्षेत्रमा ज्ञानको कमी, तथा लाज, डर, समाजले हेर्न दृष्टिकोणका कारण यस्तो समस्या निम्तिएको स्वाथ्य अभियान्ताहरुको बुझाई छ ।

सुरक्षित गर्भपतन भन्नाले भ्रुणको जन्म दिनु अगावै सरकारले मान्यता दिएका स्वास्थ्य संस्थामा गई स्वास्थ्य कर्मीबाट १८ वर्षभन्दा कम उमेरका महिलाले नातेदारको स्वीकृतिमा र अन्यले परिवारको सल्लाह अनुसार भु्रणको पतन गराउँने प्रकियालाई सुरक्षित गर्भपतन भन्ने गरीएको स्वास्थ्य अभियान्ता मेधा शर्माको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *