Sajhamanch Archive

काँकरभिट्टामा उद्यमी व्यवसायीलाई प्रदान गर्ने वित्तिय परामर्श सेवा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । सनराइज बैंक लिमिटेड तथा मेची उद्योग बाणिज्य संघ मेचीनगरको संयुक्त आयोजनमा साना तथा मझौला उद्यमी व्यवसायीलाई प्रदान गर्ने वित्तिय परामर्श सेवा विहीबार काँकरभिट्टामा सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा मेचीनगर भरिका व्यवसायीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा चार्टर एकाउण्टेन्ट सुगम पोखरेलले आधारभूत लेखा तथा कर नीतिका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

शाखा प्रमुख कुमार खड्काका अनुसार बैंकको “हामी संग संगै” भन्ने मूल नारालाई सार्थक दिनपनि आफ्ना ग्राहकहरुलाई आधारभूत कर तथा लेखा नीति सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु सञ्चालनमा ल्याउने बैंकले प्रतिबद्घता व्यक्त गरेको छ ।

बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गरेको शाखा प्रमुख खड्काले बताए । सोहि अभिप्राय अनुसार आधारभूत लेखा तथा कर नीति सम्बन्धी ३४औं अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य केशवराज पाण्डेले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शाखा प्रमुख खड्काले यस्ता कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सिमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय सञ्चालममा पर्न सक्ने समस्याहरु र व्यवसाय सञ्चालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहकमा वित्तीय परामर्श पु¥याउने हेतुल देशव्यापी रुपमा रहेका शाखा सञ्जाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पु¥याउने उद्देश्यका साथ अगाडी बढेको जानकारी गराएका थिए ।

सहभागीहरुलाई बैंकका अधिकृत, चार्टड एकाउन्टेन्ट सुगम पोखरेलले “आधारभूत कर तथा लेखा नीति सम्बन्धि अभिमुखिकरण दिएका थिए । उनले कर बाट कसैलाई पनि नडराउन आग्रह गर्दै आफ्नो व्यवसायमा राखिएका खरिद, विक्री खाता, स्टक, लेजरलगायतका अभिलेखको उचित व्यवस्थापन गर्न नसक्दा मात्र करदेखि डराउनुपर्ने अवस्था सिर्जना हुने बताए ।

उनले सामान्य लेखा शास्त्रका सिद्धान्त, चालुपूँजी व्यवसथापनका आधारभुत नियमहरु, नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिाल तथा चुक्ता प्रमाण पत्र, व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु व्यवसायिक योजना, बजार प्रवद्र्धन तथा बिक्री व्यवसायिक वाताबरणको विश्लेषण तथा आर्थिक वर्ष २०७५÷०७६ मा करमा भएका नयाँ परिवर्तनका बारेमा जानकारी गराएका थिए ।

मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष पंकजविक्रम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीलगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *