Sajhamanch Archive

दशैंको मौका छोपी उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कार्वाही हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । चाडपर्वको वहनामा मासु तथा मासुजन्य वस्तुको मूल्यमा जताभावी वृद्धि गरेर उपभोक्ता ठग्ने जुनसुकै व्यवसायीहरुलाई नगरपालिकाले कारवाही गर्ने भएको छ ।

विहीबार मेचीनगर नगरपालिकाको ६ वडानम्बर वडा कार्यालयमा जनप्रतिनिधि, नगरपालिकाका खाद्य विश्लेषकसहित सरोकारवालाबीच भएको छलफलमा वडाध्यक्ष ललितबहादुर तामाङले चाडपर्वको नाममा जताभावी मासु तथा मासुजन्य वस्तुको मुल्य नबढाउन व्यवसायीलाई आग्रह गरेका थिए ।

‘हामीले मासु व्यवसायीहरुसँग यस विषयमा छलफल गरेका छौ ’ वडाध्यक्ष तामाङले भने—‘उहाँहरु पनि नगरपालिकाको आग्रहप्रति सकरात्मक हुनुहुन्छ तर कसैले उपभोक्तालाई मारपर्ने मनपरीरुपमा मुल्य बृद्धि गरेर उजुरी गरे नगरपालिकाले कानुनी कारवाही गर्छ ।’ व्यवसायीहरुले भने तत्काल भन्दा पनि आइतबारसम्ममा छलफल गरेर निर्णय दिने बताएका छन् ।

नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले स्वच्छ स्वस्थ माछा मासु विक्री वितरण गर्न व्यवसायीलाई आग्रह गर्दै अनिवार्य ब्यवसाय दर्ता, जथाभावी बिक्री वितरण नगर्न, मूल्य सूची अनिवार्य राख्न, चाड वाडको मौका छोपी मूल्य बृद्धि नगर्न, मरेका सडेका खसी, कुखुरा, रागा, सुँगुर नकाट्न तथा अवैध रुपमा ओसार पसार नगर्न समेत व्यवसायीलाई सरझाँव दिए । कसैले यो नियम उल्लंघन गरे वा बेचबिखन गर्ने लाई स्थानीय प्रशासनको समेत सहयोग लिई कडा कार्वाही गरिने बताए ।

व्यवसायीहरले भने उचित बधशाला, अवैधरुपमा हुने कुखुराको ओसारपसार नियन्त्रणका लागि नगरपालिकासँग आग्रह गरेका थिए । व्यवसायीहरुको मागप्रति नगरपालिका सकात्मक रहेको उपयुक्त जग्गाको ब्यवस्थापन गरी ब्यवस्थित पशुबध स्थल निर्माण तथा सञ्चालनका लागि पहल गरिने वडाध्यक्ष तामाङले बताए ।
छलफलमा मासु उपभोक्ता सहकारी अध्यक्ष भगिरथ राई, राजकुमार पराजुली तथा अन्य मासु व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *