Sajhamanch Archive

परिषद्मा नक्कली बढुवाको आतंक, सबै पदाधिकारी अख्तियारमा तानिने

Published: in मिडियाबाट साभार by .

समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो ।

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुुवा गरेको तथ्य अहिले आएर खुलेको हो ।

निजामति सेवामा उक्त ऐनको दफा २४(घ) लगाएर बढुवा गर्न पाउने प्रावधान थियो । उक्त दफाअनुसार हुने बढुवालाई ‘पानी बढुवा’ भनिन्थ्यो ।

२० वर्षसम्म काम गरेर पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने प्रावधान थियो । तर पछिल्लो संशोधनबाट उक्त प्रावधान हटाइसकिएको छ ।

परिषद्कै कर्मचारी सेवा सर्त नियमावली, २०५० ले पनि जेष्ठताको आधारमा कर्मचारीबाटै कायममुकायम निर्देशक बनाउन सकिने व्यवस्था गरेको भए पनि उक्त पद ६ महिनासम्म रहने व्यवस्था छ ।

तर उक्त नियमावली विपरीत कामु पद २ वर्षसम्म कायम गरेको रहस्य खुलेको छ ।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *