Sajhamanch Archive

‘कराउने कराउँदै गर्छन्, सरकारले पोर्न साइट बन्द गराएरै छोड्छ’–गोकुल बाँस्कोटा

Published: in राजनीति by .

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जति नै विरोध आएपनि सरकारले पोर्न साइट बन्द गराएरै छाड्ने बताएका छन् । काभ्रेको बनेपा महोत्सवको उद्धाटन गर्दै मन्त्री बास्कोटाले सरकारले पोर्न साइट बन्द गराएरै छाड्ने भनेपछि चर्को विरोध आएको बताउँदै यस्तो बताएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, ‘अश्लील भिडियो साइट बन्द गर्न निर्देशन दिँदा सरकारमाथि नै गम्भीर आलोचना भयो । कराउने जति नै कराएपनि सरकार आफ्नो लक्ष्यप्रति लागिरहन्छ ।’ यसैगरी उनले सरकार र समाजको मूल्य मान्यताअनरूप आफूले पोर्न साइट बन्द गर्न निर्देशन दिँदा आलोकचकहरूले गलत व्याख्या गरी भ्रम फैलाएको आरोप लगाए ।

उनी आलोचकप्रति आक्रोशित हुँदै भने, ‘अश्लील साइटहरु बन्द गर्ने निर्देशन दिएसँगै कडा विरोध आयो, त्यसो भए अब नांगा नांगा तस्बिर कोठाको भित्तामा छ्याप्प छ्याप्ती जताततै टास्दै हिँड्ने ?’ उनी आलोचकप्रति प्रश्न खडा गर्दै भने, ‘त्यसो भए पोर्न फिल्म चलाउने हो त ?’

उनले समाज र राज्यको आफ्नै मूल्य मान्यता र दायित्व रहेको र आफूले त्यही दायित्व पूरा गरेको जिकिर गरे । आलोचनाको कुनै सीमा नहुने बताउँदै उनले सरकार आफ्नो लक्ष्यप्रति लागिरहने र कोशिसमा लागिरहने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *