Sajhamanch Archive

नेता नेपालले बोलाए स्थायी कमिटी बैठक

Published: (Updated: ) in राजनीति by .

काठमाडाैं । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेवास्ता गर्दै महत्वपूर्ण निर्णयहरु गर्न थालेको भन्दै असन्तुष्ट बनेका बरिष्ठ नेता नेपालले स्थायी कमिटीका सदस्यहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

दिउँसो ३ बजेका लागि नयाँ बानेश्वरको एक होटलमा बोलाइएको बैठकमा दुबै अध्यक्षले पार्टीको विधान विपरित निर्णय गर्न थालेको तथा सरकारका काम कारबाही पनि सन्तोषजनक नभएकालेबारे छलफल हुने नेता नेपाल नजिकका एक केन्द्रीय नेताले जानकारी दिएका छन् ।

विधानमा सबै निर्णयहरु सहमतिमा हुने उल्लेख भए पनि पछिल्लो समय प्रदेशमा इन्चार्ज, अध्यक्ष लगायत तोक्दा आफूलाई थाहै नदिइएको र प्रस्ताव मात्र तयार पार्ने जिम्मेवारी रहेको सचिवालयले नै निर्णय गरेको भनिएकाले त्यो विधान विपरित हुने नेता नेपालले बताउँदै आउनुभएको छ ।

दुवै अध्यक्ष नेपाल बाहिर रहे पनि बरिष्ठ नेता रहेको आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिईंदा पनि नेता नेपाल असन्तुष्ट हुनुहुन्छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *