Sajhamanch Archive

दलितलाई बिहे गरी ल्याएको भन्दै बाबुले थुनाए छोरा बुहारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

राजविराज । दलितलाई विवाह गरी ल्याएको भन्दै बाबुले आफ्नै छोरा–बुहारीलाई थुनाएका छन् । दलितसँग विवाह गरेका कारण असन्तुष्ट रहेका कञ्चनरुप–९ रुपनगरका शिवनारायण साहले आफ्ना छोरा मनीष साह र बुहारी कविता रामलाई प्रहरी कार्यालयमा थुनाएका हुन् ।

उनले २० वर्षीया छोरा मनीष र १८ वर्षीया बुहारी कवितालाई बालविवाहविरुद्ध उजुरी दर्ता गरी थुनाएका हुन् । कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत जनकपुर राजविराज इजलासबाट भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन् ।

कञ्चनरुप–९ धरमपुरकी कविता र मनीषले गत पुस २१ गते घरबाट भागेर विवाह गरेका थिए । परिवारको सहमतिबिना सुनसरीको इनरुवामा घरजम गरेर बसेका थिए । उनीहरुको उमेर नपुगेको भन्दै प्रहरी कार्यालयमा पटक–पटक भएको छलफलपछि दुवैलाई माघ २८ गते घरपरिवारको जिम्मा लगाइएको थियो । तर, मनीष र कविताले फागुन १ गते हनुमाननगर कंकालिनी–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थालेपछि साह पक्षले कुटपिट र डर–त्रास देखाएर अलग गराउन खोजे ।

स्वास्थ्य परामर्श र उपचारको आवश्यकता रहे पनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको बालकमाथि समेत अन्याय भएको भन्दै कविताकी आमा शान्तिदेवीले दलित भएकै कारण एकपछि अर्को मुद्दा खेप्नुपरेकाले कानुनी संरक्षणको माग गरिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *