Sajhamanch Archive

निर्मला हत्याप्रकरण : प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको प्रहरीकै निश्कर्ष

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ । एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही गरेको निश्कर्ष निकालेको हो ।

तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको समितिले जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका प्रहरी उपरीक्षक (एसपी) गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाई अनुसन्धान गरिरहेकोछ ।

अनुसन्धान पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न भने  डिएसपी रमेश थापार्ला खटाइएको छ । त्यसैगरी प्रविधिको अनुसन्धान गर्न डिएसपी कौशल अधिकारी खटिएका छन् । उनीहरुलाई सहयोग गर्न महानगरीय अपराध महाशाखाका प्रहरी नायब निरीक्षक गजेन्द्र रावल समेत खटिएका छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई शनिबारदेखि नै काम लगाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन एसपी डिल्लीराज बिष्टले प्रयोग गरेका चारवटा मोवाइल सिम सबै थुतेर अनुसन्धान भइरहेको छ । साथै उनको पोलिग्राफ टेस्ट डिएनए परीक्षणको रिपोर्ट आएपछि मात्रै गरिने स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *