Sajhamanch Archive

बस स्टेण्ड व्यवस्थापनमा जुटे युवा

Published: in राष्ट्रिय समाचार by .

कमल । झापा कमल गाउँपालिका ३ केर्खाका युवाहरुको सक्रियतामा वस स्टेण्ड व्यवस्थित गर्ने कार्य भैरहेको छ ।

कमल गाउँपालिक कै मुख्य केर्खा बजार पुर्वको बस स्टेण्ड लाई व्यवस्थित गर्ने क्रममा २५० मिटर पूर्व सारेको स्थानिय युवा सिताराम अधिकारीले जानकारी दिए ।
बजारमा सवारीको चाप बढे सगै दुर्घटना हुने सम्भावना बढेकोले बस स्टेण्ड सारिएको अधिकारीले बताए ।

साविक बस स्टेण्ड लाइ सार्नको लागी आवश्यक खर्च केर्खा बजार व्यवस्थापन समितिले व्यहोर्ने अध्यक्ष चक्र बहादुर गुरुङ्गले बताए । बजारमा दिनानु दिन सवारीको चाप बढेको छ जसका कारण धेरै समस्या आएकोले त्यसलाई न्युनिकरण गर्नका लागी बस स्टेण्ड सारेको गुरुङ्गले जानकारी दिए ।

केर्खा बजार कमल गाउँपालिका कै ठुलो बजार भएपनि हालसम्म व्यवस्थित हुन सकेको छैन । जनप्रतिनिधीले स्थानीय निकाय समाल्न थालेको यतिका दिन विति सक्दा पनि बजारको अवस्था उस्तै रहेको स्थानीयको भनाई छ ।

पछिल्लो समयमा स्थानीय युवाको अगुवाईमा बस स्टेण्ड सारिएको हो । केर्खा बजारको विस्तार पूर्वतर्फ बढेसँगै स्टेण्डलाई व्यवस्थित गर्न सम्वन्धित पक्षले कुनै चासो नदेखाए पछि हामी आफैले बस स्टेण्ड सरिएको स्थानीय युवा दाताराम चापागार्इं बताउँछन् ।

पछिल्लो समय केर्खा बजारको विस्तार हुने क्रम पुर्वतर्फ बढेकोले बस स्टेण्ड सारिएको छ यसले बजार व्यवस्थानमा टेवा पुग्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *