Sajhamanch Archive

दमकमा अभिमुखिकरणः चाडबाडको मुखमा उपभोग्य बस्तुको अनुगमन गर्न जनप्रतिनिधीलाई सुझाब

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दमक नगर स्तरीय एकदिने अभिमुखिकरण कार्यक्रम शुक्रबार दमकमा सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको आयोजनामा र दमक नगरपालिकाको सहकार्यमा नगरपालिका निर्वाचित जनप्रतिनिधी संघ सस्थाका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रका प्रमुख अतिथि समेत रहेका संविधान तथा प्रसासन विद माननीय काशिराज दाहालले स्थानीय जनप्रतिनिधीहरुले ठोस योजना बनाएर अगाडि बढेमात्र जनताले सिंहदरवारको अधिकार गाउँमा आएको अनुभव गर्ने छन् भन्दै सोहीअनुसार कामगर्न सुझाव दिए । उनले कुनै पनि कामगर्दा कानुनमा के छ न्ने कुराको अध्ययन गरेर मात्र काम गर्न समेत दाहालले जनप्रतिनिधीहरु लाई अनुरोध गरे ।

त्यसैगरी उपभोक्ता हित संरक्षण समितिका केन्द्रिय अध्यक्ष ज्योति वानियाले दमकलाई स्मार्ट सिटी घोषणा गरेर मात्र हुँदैन स्मार्ट सिटी हुनका लागी चाहिने आधारभुत कुराहरु स्वस्थ्य, शिक्षा, आवाश, स्वच्छ वातावरण, सुचनाको हक जस्ता आधारभुत कुरा पुरा हुन आवश्यक रहेको बताइन् । उनले चाडवाड नजिकिएकाले उपभोग्य बस्तुको अनुगमन गर्न समेत जनप्रतिनिधीलाई सुझाव दिइन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका भवानीप्रसाद खरेलले मानव अधिकारका बारेमा बालेका थिए भने दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दमक नगरपालिकालाई स्मार्ट सिटी बनाउने विषयमा प्रष्ट पारेका थिए ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दमकका अध्यक्ष नविन चापागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *