Sajhamanch Archive

प्रथम टिभिएस टि–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजको पोल्टामा

Published: (Updated: ) in खेलकुद by .

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि – ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हात पारेको छ ।

शुक्रवार भएको फाइनल खेलका विराटनगरको क्रिकेट क्लवलाई २ विकेटलले हराउँदै नगद ५१ हजारसहितको उपाधि राजविराजले हात पारेको हो । उपविजयी भएको विराटनगरले ३१ हजार नगदसहित ट्रफि प्राप्त गरेको छ ।

प्रतियोगिताको फाइनल खेलको म्यान अफ दी म्याच विराटनगरका हासिम अन्सारी घोषित भए । उनले नगद २ हजार प्राप्त प्राप्त गरे । यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजविराजका महबुब आलम भए उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताकै सर्बोकृष्ट विकेट किप्पर भैरहवाका प्रज्जल थापा, सर्वोकृष्ट बलर आयोजक ह्वाइट वास क्रिकेट क्लवका दिपेश कडेँल, सर्बोकृष्ट ब्याट मेन राजविराजका अमृत यादव घोषित भए । उनीहरुले नगद ५ हजार र ट्रफि प्राप्त गरे ।
कनकाई सचे युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको थियो ।

कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको प्रथम पुस्रस्कार टिभिएस मोटरसाइकल र दोस्रो पुरस्कार रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले उपलब्ध गराएको थियो ।

प्रतियोगितामा विजयी उपविजयी तथा बिभिन्न विधागत खेलाडीहरुलाई कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई , महिला राष्ट्रिय टिमकी क्याप्टेन रुविना क्षेत्री, कनकाई नगरपालिकाका प्रवत्ता गोविन्द पौडेल , टिभिएस मोटरसाइकलका अमृत नेपाल, रुद्र गौरी प्रतिष्ठानका नारायण ओली लगायातले पुरस्कार प्रदान गरे । प्रतियोगिता कनकाई माविको खेल मैदानमा असोज ६ गतेदेखि संचालन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *