Sajhamanch Archive

नौलो विहानीको साधारणसभामा उत्कृष्ट सदस्यलाई सम्मान

Published: (Updated: ) in सहकारी by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित नौलो विहानी कृषि सहकारी सस्थाले सस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्यलाई पुरस्कृत गर्दै आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाको आवधिक बचततर्फ सुवर्ण डाँगी, धन माया फ्याक, सलिना श्रेष्ठ, स्वस्तिका खनाललाई कार्यक्रमका प्रमुख अतिथि धिरेन लावतीले पुरस्कृत गरेका छन् ।

त्यसैगरी असल ऋणीतर्फ पुरस्कृत हुनेमा मुना लिम्बु, यमलाल भण्डारी, टेक बहादुर फागो, तेजकुमारी थाम्देन, युवराज राई रहेका छन् ।

त्यस्तै दैनिक बचत तर्फ ११ जना र खुत्रुके बचततर्फ १० जनालाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष देउमान राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धिरेन लावोतीले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन राजेन्द्र विकले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *