निर्मला हत्या प्रकरणः एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन, अब के होला ?
Published:
by .
कन्चनपुर ।गत साउन १० गते बलात्कार गरी हत्या गरिएका कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारकाण्डमा निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिर्पोटले उनी दोषी नरहेको देखाएको छ ।
विष्टसहित ३ अन्य को डिएनए परिक्षणले उनीहरु दोषी नरहेको देखाएको हो । एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन। स्रोतले भन्यो, ‘एसपीमात्र होइन एसपीका छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन।’
प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र स्थानीय आयुस बिष्टको डिएनए परीक्षण गरेको थियो ।
यो भन्दा अगाडि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको र डिएनए परीक्षणमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरेको थियो।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। पछिल्लो पटक नमुना संकलन गरिएका तिनै जनाको डिएनए ‘म्याच’ नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको बताइँदै आएको छ।
Comments