Sajhamanch Archive

‘युवापुस्तालाई हृदयघातको खतरा’

Published: (Updated: ) in स्वास्थ्य by .

विश्व मुटु महासंघका अनुसार मुटुरोगबाट विश्वमा वर्षेनी १ करोड ७० लाख मानिसको मृत्यु हुन्छ ।

मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा विकासोन्मुख देशका विपन्न नागरिक पर्छ्रन् । विश्व स्वास्थ्य संगठनले त सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने चेतावनी दिएको छ ।

नेपालमा पनि मुटु रोगीको संख्या दिनानुदिन बढ्दो छ । बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तथ्याङकलाई हेर्ने हो भने वर्षेनी २० प्रतिशतको हाराहारीमा मुटु रोगीहरु बढ्दै गएका छन् ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्मासँग

विश्व मुटु दिवसको अवसरमा कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?

यो वर्ष शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको संयोजकत्वमा कार्यक्रम भइरहेको छ । २१ वटा विभिन्न संघसंस्थाको सहकार्य र सहयोगमा ‘मुटु दिवस’ दिवस मनाउन लागेका छौँ ।

यो वर्षको नारा ‘हाम्रो प्रण ,स्वस्थ मुटु’ रहेको छ । ‘स्वस्थ खाना र शारीरिक व्यायाम स्वस्थ र मुटुको लागि राम्रो’ भनेर यो वर्ष विश्व मुटु महासंघले आफ्नो कुरा स्पष्ट रुपमा जानकारी गराएको छ ।

यो वर्ष बालबालिकालाई सक्रिय बनाउँ भन्ने विषयलाई पनि महत्व दिइएको छ । विश्व मुटु महासंघको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा १ करोड ७० लाख मानिसको मृत्यु मुटु सम्बन्धी विभिन्न रोग बाट हुने गरेको छ । यसको प्रमुख कारण अस्वस्थ जीवनशैलीनै हो ।

कस्तो जीवनशैलीलाई अस्वस्थ भन्ने ?

साधारण एउटा उदाहरण दिन्छु । मैले दैनिक नोट गरेको कुरा सार्वजनिक सवारी साधनमा चढ्ने मान्छेहरु कोही पनि स्टपमा झर्न चाहँदैनन् । जहाँ उनीहरुलाई झर्नुपर्ने हो त्यहीँ झर्छन् । भन्न खोजेको दुई पाइला पनि हिँड्न चाहँदैनन् ।

स्टपको कुनै पनि मतलब गर्दैनन् । घरकै ढोका अगाडि आर्लिन खोज्छन् । लिफ्ट देख्न साथ मान्छेले हिँड्ने सिडी प्रयोग गर्दैनन्, यो वर्ष मुटु दिवसको अवसरमा नागरिकलाई लिफ्ट भन्दा पनि भ¥याङ अर्थात सिडी धेरै प्रयोग गरौँ पनि भनिएको छ । मुटुलाई स्वस्थ राख्नको लागि दिनमा ३० मिनेट र हप्ताको ५ दिन एक्सरसाइज गरे पुग्छ भनिएको छ । तर त्यति गर्न पनि हामीलाई समय छैन । हिँड्दा, घरको काम गर्दा र नाच्दा पनि मुटुलाई स्वस्थ हुन्छ ।

अर्को कुरा विश्व मुटु महासंघले पनि आफ्नै घरमा पकाएको खानेकुरा खानु भनिएको छ । नेपालको हकमा दाल, भात नै स्वस्थ खाना हो । घरमै पकाएर खाने खानेकुराको धेरै महत्व भएपनि हामी त्यस्तो खानेकुरा खान छाडेर रेडिमेट खानातिर बढी ध्यान दिइरहेका छौँ ।

बाहिरको खानाले मुटुलाई अस्वस्थ बनाउँछ । त्यो पनि अस्वस्थ जीवनशैलीको एउटा पाटो हो ।

पछिल्लो समय मानिस परिश्रम कम गर्ने भएका छन् । त्यसले गर्दा पनि हाम्रो साउथ एसियन जिङ जुन छ, त्यसमा यसै पनि मधुमेह, मुटु सम्बन्धी रोग लाग्ने सम्भावना धेरै रहेको छ । पहिला हामीलाई रोग लाग्नबाट कसरी बचाइरहेको थियो भने हाम्रो खानपान राम्रो थियो । परिश्रम गथ्र्यौ, कृषक थियौँ । हामी अहिले काम गर्न रुचाउदैनौँ । हाम्रो बालबालिकाहरु घरमा टिभी मोबाइल हेरेर बस्छन्, बजारमा पाइने प्याकेटको विभिन्न खानेकुराहरु खान्छन् ।

जन्मजात रुपपै कतिपय बच्चामा मुटुको समस्या देखिने गरेको छ, यसको कारण के हुनसक्छ रु
पहिला यसको उपचार नेपालमा सम्भव नहुँदा के भएको हो भन्ने नै थाहा हुन्थेन । नेपालमा १० वर्ष पहिला अस्पताल आउँदा अप्रेशननै गर्न सक्ने अवस्था बिरामीमा थिएन । खुसीको कुरा, अब स्वास्थ्यको पहुँच गाउँ÷गाउँमा पुगेको छ । समयमै उपचार गराउन अस्पताल आउँछन् ।

पछिल्लो समय मुटुको बिरामी भएको बालबालिकाको संख्या पनि बढ्न थालेको छ । पहिला अप्रेशन गर्न नपाएका त्यस्ता बालबालिकाहरुको पनि हामीले धेरैको उपचार गरिसकेका छौँ ।
जन्मजात मुटुरोगी हुनुको कारण अहिलेसम्म यहीनै हो भनेर पत्ता लगाउन सकिएको छैन । तर दुई चारवटा कुरालाई हेर्न सकिन्छ ।

जस्तै आमाले गर्भावस्थामा मद्यपान, धुमपान गरेमा, गर्भवती अवस्थामा आमालाई नराम्रो खालको भाइरल इन्फेक्सन भएमा अथवा जन्मजता पनि कतिपय रोगहरु आउँछन् । यी कारणले गर्दा गर्भावस्थामा मुटुको भागहरु बन्न नसक्ने र उल्टो रगतनली हुने, कसैको मुटुमा प्वाँल पर्ने भएर जन्मिने हो ।

मुटुमा पनि कस्तो प्रकारको समस्या बढी छन् र?

हामीसँग भएको १० वर्षको तथ्याङ्कलाई हेर्ने हो भने पहिला बाथ मुटुरोगीहरु धेरै हुन्थे ।

अहिले मुख्यतः मुटुको रगतको नली ब्लक भएर, हृदयघात भएर आउने बिरामीहरुको संख्या बढ्दो छ ।

सी।सी।यू, एमआईसीयू र वार्डको तथ्याङक हेर्ने हो भने ५० प्रतिशत भन्दा बढी मुटुको रगतको नली ब्लक भएका बिरामीहरु धेरै रहेका छन् ।

विश्व मुटु महासंघले सबै मुटु रोगीको सवालमा कुरा गरीरहेको छ तर बढी फोकस मुटुको रगतको नली ब्लक हुने विषयलाई दिइरहेको छ । किनभने यो स्थिति भयावह बन्दै गइरहेको छ ।

अहिले मुटुको रगतको नली ब्लक भएर आउनेको संख्या बढ्दै गइरहेको छ । शरीरमा सप्लाई गर्ने रगतको नली ब्लक भएर रगत संचालनमा कमी हुन जादा मस्लिष्कको घात र हृदयघात हुने सम्भावना हुन्छ । ६० देखि ७० प्रतिशत हृदयघात मुटुसम्बन्धी छ भने बाकी बिरामी मस्तिष्कको घातमा पर्न जान्छ ।

यस्ता समस्या विभिन्न कारणले हुन्छ । उमेर बढ्दै जानु, शरीरको अङ्गहरु कमजोर हुँदै जानु र रगतको नली केही न केही मात्रामा साधुरिँदै जानुलाई कारण मान्न सकिन्छ । यद्यपी यो मात्रै सबै कारण होइन । कुनै मान्छे चुरोट खान्छ भने त्यसमा प्लस हुन्छ । चुरोट खाने मान्छेलाई यस्ता समस्या बढी हुन्छ । चुरोट व्यक्तिले खान छोडेको छ भने ऊ सामान्य अवस्थामा पुग्न कम्तीमा पनि १५ वर्ष लाग्छ भनेपछि धुम्रपानले हाम्रो शरीरमा कति असर गर्छ भन्ने कुरा यहाँबाट पनि बुझ्न सकिन्छ ।

पछिल्लो समय युवा उमेर समूहका व्यक्तिलाई हृदयघात बढी देखिएको छ । विकसित राष्ट्रमा ६०÷७० वर्ष उमेर कटेको मानिसमा यस्तो समस्या देखिन्छ । नेपालको तथ्याङक केलाउने हो भने ४० देखि ५० वर्ष उमेरको र कतिपयत ३० वर्षमा पनि भएको देखिन्छ ।

महिलाको पुरुषको कुरा गर्ने हो भने महिलामा महिनावारी रोकिए पछि समस्या देखिन्छ । तर महिनावारी हुनु अगाडि महिलाहरुलाई हृदयघात हुने सम्भावना कम हुन्छ ।

मुटुमा देखिने अन्य समस्याहरु कुनु–कुन हुन् ?

३ देखि ४ वटा समूहमा विभाजन गर्न सकिन्छ । पहिलो, मुटुको नली ब्लक भएर हुने भयो । दोस्रो, बाथ मुटु रोग पनि देखिएको छ । आजसम्म ४० प्रतिशत बाथ मुटुरोगीहरु रहेका छन् ।

बाथ मुटुरोगको समस्या विकसित राष्ट्रमा छैन् । भएपनि कम छ । तर हाम्रो जस्ता देशमा अझैँ पनि बाथको कारण मुटुको भल्ब बिग्रने समस्यालाई बाथ मुटुरोग भन्दै आइरहेका छौँ । त्यो अझै पनि छ ।
तेस्रो, जन्मजात मुटुमा प्वाल हुने, रगतका नली बाङ्गो हुने विभिन्न किसिमका समूहरु हुन सक्छन् । उमेरसँगै मुटुको भल्बहरु बिग्रदै जाने, साँघुरो हुँदै जाने र लिक हुनेसम्महुन्छ । यो चाहिँ उमेरसँग भरपर्ने हुन्छ । यसबाहेक मुटुको नलीहरु फुल्लिने तथा फुट्ने समस्या पनि रहेको छ ।

बिरामीहरुको सेवामा पहुँच कस्तो देख्नु भएको छ र?

व्यक्तिगत रुपमा म सेवामा सन्तुष्ट छैन । जति हुनुपर्ने हो त्यति सन्तोषजनक काम हुन सकेको छैन । म यही क्षेत्रमा काम गर्ने व्यक्ति भएको कारणले नेपाली नागरिकमा उपचारको पहुँच जति हुनुपर्ने हो त्यति भएको पाउँदिन ।

त्यसको विभिन्न कारणहरु छन् एउटा स्वास्थ्य क्षेत्रमा मुटुसम्बन्धी जति जनशक्ति हुनुपर्ने हो त्यती छैन । दोस्रो गाउँ÷गाउँमा सेवा दिन स्रोत साधननै छैन् । तेस्रो कुरा पैसाको पनि कुरा आउछ । आजको दिनमा बजेट हेर्नुहुन्छ भने स्वास्थ्य मन्त्रालयको बजेट घट्दो छ । यो क्षेत्रमा सरकारको सोच पनि पुगेको छैन ।

मुटु स्वास्थ्यको क्षेत्रमा गंगालालले धेरैको संख्यामा सेवा दिँदै आइरहेको छ, अहिलेको समस्या र चुनौति के छ रु
गंगालाललाई यही फरम्याटमा अगाडी बढाउन गाह्रो हुनेवाला छ । हामीले प्रत्येक वर्ष १८ सय भन्दा धेरै ओपन हार्ट सजरी गर्छौँ । यो ठूलो संख्या हो ।
वर्षमा ३ सय ५० सर्जरी गर्नेलाई स्टान्डर मानिन्छ । हामी ६ गुणा बढी काम गर्छौं। हामीसँग स्रोत साधन, जतिपनि जनशक्ति उत्पादन गर्न सक्ने क्षमता छ । तर गंगालाललाई जनशक्ति उत्पादन गर्ने अधिकार सरकारले दिएको छैन । गंगालालाई प्रतिष्ठान बनाइए मुटु स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति जति पनि उत्पादन गर्न सक्छौँ भन्दै आइरहेका छौँ । सरकारले अहिले मुटु स्वास्थ्यको सातै प्रदेशमा ७ वटा शाखा संचालन गर्ने भने पनि हामीसँग जनशक्ति छैन । जनशक्ति नभएकै कारण जनकपुर अञ्चल अस्पतालमा आईसीयू बनाएर ५ वर्षसम्म थन्काएर राखिएको थियो । जनशक्ति नुहुने हो भने केही पनि काम छैन । गंगालालाई प्रतिष्ठान बनाउने र जनशक्ति उत्पादनमा पनि लाग्ने कुरा अहिले तुहिएर बसेको छ ।

यसको जिम्मा हामीलाई दिनुस् भनेर मैले सरकारसँग पटकपटक अनुरोध गरेको छु । हामीलाई जिम्मा दिइयो भने देशमा मुटु स्वास्थ्यको सेवा यसरी बिस्तार गर्न सकिन्छ भन्ने बारेमा नीति नियम बनाउने कुरामा सहयोग गर्न तयार छौँ ।

मुटु रोगीलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था पनि गरेको छ, यो कतिको प्रभावकारी रहेको पाउनु भएको छ र?

जतिपनि मुटुरोगसम्बन्धी निःशुल्क कार्यक्रमहरु रहेका छन् त्यसले जनतालाई ठूलो राहत प्रदान गरेको छ । यसैगरी सरकारले रोगै लाग्न नदिने उपायतिर पनि ध्यान दिन जरुरी छ।

१५ वर्ष पहिला बालबालिकाको ओपनहार्ट सर्जरी गर्न कमजोर आर्थिक अवस्था भएका नागरिकलाई निकै असहज थियो ।

अहिलेको सरकारको कार्यक्रमले केही राहत भएको छ । अहिले सरकारले १५ वर्ष मुनिको बालबालिकाको उपचार गर्न पैसा दिँदै आइरहेको छ । जसले गर्दा जनतालाई ठूलो राहात भएको छ । एउटा ओपनहार्ट सर्जरी गर्न कम्तीमा पनि २ लाख ५० हजार लाग्छ । सर्वसाधरणले आजको दिनमा त्यति पैसा ल्याउन सक्ने अवस्था छैन ।

त्यस्तै ७५ वर्ष भन्दा माथिको बृद्धबृद्धालाई पनि मुटु सम्बन्धी उपचारमा निःशुल्क गरेपछि धेरै सजिलो भएको छ ।

विपन्न नागरिकको एक लाखले पनि धेरै सहयोग गरेको छ । अहिले बाथ मुटु रोगीहरुलाई यही पैसाबाट उपचार गर्न सकिन्छ ।

जतिपनि निःशुल्क कार्यक्रमहरु संचालन गरिएको छ जस्तो विपन्न नागरिक उपचार कोष सरकारबाट आएको हो भने १५ वर्ष मुनिका र ७५ वर्ष माथिको नागरिकको निशुल्क उपचारको बारेमा हामीले पहल गरेर ल्याएको कार्यक्रम हो ।

यो सेवा सुविधाले जनतालाई पूर्ण रुपमा फाइदा भएको छ । गंगालालले यी कार्यक्रम प्रभावकारी ढंगले संचालन गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *