Sajhamanch Archive

विर्तामोडमा बरङ्गना उपन्यास सार्वजनिक

Published: (Updated: ) in विविधा by .

बिर्तामोड । झापाको विर्तामोडमा बुलबुल पब्लिकेशन प्रालिले वरङ्गना उपन्यासको सार्वजनिक गरेको छ । प्रालिले एक कार्यक्रमका बीच सोबिता सिम्खडा द्वारा लेखिएको बरङ्गना उपन्यास सार्वजनिक गरेको हो ।

लामो समयसम्म चलचित्र क्षेत्रमा अभिनय गर्दै आएकी अभिनेत्री सिम्खडाको यो पहिलो उपन्यास हो । उनले चलचित्रको पर्दामा काम गर्दा आफुले धेरै कुरा सिकेकाले समय समाजको अध्ययन गरी समाजमा भएका कुरीतिहरुलाई उपन्यासमा समेटेको बताइन् ।

उपन्यासमा गाउँका बिषय बस्तुलाई उठान गरिएको छ । एउटा दलित परिवारकी छोरीको रुपमा रहेर आफुले यो उपन्यास रचना गरेको उनको भनाई छ । एउटा दलितकी तरुनी छोरीलाई समाजले हेर्ने दृष्टिकोण उस माथि आइपर्ने विभिन्न खालका सामाजिक समस्याहरुलाई जुनकिरी पात्रको रुपमा उतारेर उपन्यास रचना गरेको सिम्खडाले जानकारी दिइन् ।

उपन्यासका पात्रले सवै उज्यालोको रुप खोजेको र उज्यालो विषयवस्तुलाई उठान गरी बत्तिसँग सम्बधित पात्रहरु जुनकिरी, प्रकाश, किरण, ज्योती लगायतका पात्रबाट साचिकै समाजलाई सुहाउने समाजको आवश्यकता महशुस हुने पब्लिकेशनका सन्चालक घिमिरेको भनाई छ ।

आफुले ३ वर्षसम अध्ययन गरेर उपन्यास रचना गरेकाले सकरात्मक प्रतिक्रिया तथा पाठकको मनमा बस्न सक्ने र समाज रुपान्तरणका लागि उपन्यासले भूमिका खेल्ने लेखिका सिम्खडा दावी गर्छिन् ।

उपन्यासमा आफु पात्र भइरहँदा पनि धेरै आफुले पिडाको महशुस गरेकाले हासो र आँसुको समिश्रणमा उपन्यास रचना गरिएको सिम्खडा बताउँछिन् ।

प्रकाशन सङ्गै पूर्वका जिल्लामा पहिलोपल्ट सार्वजनिक गरिएकाले अब पूर्वका अन्य जिल्लासँगै देशका विभिन्न स्थानहरुमा यसको सार्वजनिक गरिने बुलबुल प्रालिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *