Sajhamanch Archive

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको साधारणसभामा प्रहरीसहित ४ जना सम्मानित

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । विर्तामोडमा रहेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले ४ जनालाई सम्मान गर्दै आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम ढकालको प्रमुख आथित्यतामा भएको साधारण सभामा प्रहरी सहित ४ जनालार्इ सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रहरी जवान सोमा न्यौपाने, नागेश्वर शिवालय का अध्यक्ष रघुनाथ थपलिया, रिभर साइट फाउण्डेशनका उपाध्याक्ष तारा कार्की र लक्ष्मी गौतमलार्इ दोसल्ला सहित ओढाई सम्मानित गरिएको कार्याकारी सदस्य राजकुमार ओलीले जानकारी दिए।

लागु औषध दूव्र्यसनी विरुद्धको अभियानमा लामो समयदेखि विर्तामोडमा अभियान सञ्चालन गर्दै आएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले प्रहरी दिवसको अवसरमा मेची अञ्चल कै उत्कृष्ठ सामुदायिक प्रहरी केन्द्रको रुपमा समेत सम्मानित भइसकेको संस्था हो ।

बार्षिक साधरण सभामा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक कृष्ण कोइराला, विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसार्इ ,विर्तामोड उद्योग बाणिज्य सघ का अध्यक्ष कुमार भटटराई, रिभर साइट फाउण्डेशन अध्यक्ष सन्जिव चापाँगाइ लगायतले शुभकामना दिदै भोलिको दिनमा विर्तामोडमा लागु औषध दूव्र्यसनी अभियानमा सबैले हातेमालो गर्दै अघि बढनु पर्ने सुझाव दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *